मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

काठमा कला सजाउदै युवा

काठमा कला सजाउदै युवा

काठमा कला सङ्गै युवाहरूको जिन्दगीको सुन्दर सपना पनि सजिएका छन् ।

images
  • 617
    SHARES

  • images
    images
    images
    काठमा कला सजाउदै युवा
    images
    images
    images

    निर्मल एसपी थापा, देवदह । हातमा मुङ्ग्रो र छिना । वरिपरि काठलाई कुँदेर आकृति बनाउन तयार पारिएका काठजन्य सामाग्री ।कलिला हातले छिनो र मुङ्ग्रो समाटेर काठलाई आकृतिमा ढाल्दै गरेको दृश्य ।

    यो दृश्य हो, बुद्द सामुदायिक वनको प्राङ्गणमा देखिएको काठजन्य वस्तुको हस्तकला तालिमको । प्रशिक्षार्थीहरु काठमा आफ्नो कला भर्नका लागि व्यस्त छन् ।

    images
    images
    images

    'जैविक विविधता तथा जलाधार व्यवस्थापन कार्यक्रम' अन्तर्गत जेठ १३ गतेदेखि काठजन्य वस्तुको हस्तकला तालिम सुरु भएको हो। 

    सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौको आयोजना र डिभिजन वन कार्यालय रुपन्देहीको सहजीकरण तथा बुद्द सामुदायिक वनको संयोजनमा सुरु भएको तालिममा बुद्दका मूर्ति, ढिलाखापा र नेम प्लेट बनाउन सिकाएको छ।

    १३ जना प्रशिक्षार्थी सहभागी भएको तालिममा सुरुवातमा चित्र बनाउन त्यसपछि ब्लुप्रीन्ट र काठमा कसरी बुट्टा बनाउने भन्ने बारे सिकाइएको तालिमका प्रमुख प्रशिक्षक सप्तराज बज्राचार्य बताउनुहुन्छ।

    २० दिन सम्म संचालन हुने तालिममा मुख्य प्रशिक्षक बज्राचार्य सङ्गै, सहायक प्रशिक्षक रोशन दुवाल र स्वयंसेवकको रुपमा सफल सुनार, सन्देश सुनार र मिलन बुढा मगरले सहजीकरणको भूमिका निर्वाह गरेका छन् ।

    पूर्ण रुपमा आत्मनिर्भर र सक्षम बनाई सिप र क्षेमता विकास गराउने गरि दक्ष जनशक्ति उत्पादन गरिने प्रशिक्षक बज्राचार्यको भनाई छ।

    उत्पादित काठजन्य सामाग्रीलाई स्थानीय सरकारले खरिद गरि युवाहरूलाई रोजगार सङ्गै आय आर्जनमा जोड्न सहयोग गर्ने देवदह नगरपालिकाले जनाएको छ।

    युवाहरूलाई स्वदेशमै रोजगारीको सृजना गर्न, स्वदेशी उत्पादनको प्रयोग, स्थानीय सामाग्रीलाई प्रोत्साहन र अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता खालका तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij