देवदह । रुपन्देहीको देवदह -२ स्थित नमुना एभरग्रिन इंग्लिश बोर्डिङ स्कुलमा साप्ताहिक कार्यक्रम अन्तर्गत अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १ देखि ८ सम्मका विधार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा कक्षा १ बाट ओसन पौडेल, सोनि राना, र दिशिका गुरुङ क्रमश : प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए । त्यसैगरी कक्षा २ बाट अनुप पाण्डे, प्रज्वल गिरी, र सुजिना राई क्रमश: प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।त्यसै गरि कक्षा: ३ बाट कृष कलवार प्रथम, यान्सी गुरुङ द्वितीय र युजिना गुरुङ तृतीय भएका थिए ।

त्यसैगरि कक्षा ४ र ५ बाट समृद्धि न्यौपाने, सहिरा गुरुङ, दिपिका चालिसेले क्रमश: प्रथम, दितिय र तृतीय स्थान हासिल गरेका थिए ।त्यसै गरी ६ देखि ८ बाट एलिना गाहा, अनुश चालिसे, रबिका रानाले क्रमश: प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए । विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले विद्यार्थीहरुले जुन सुकै विषयमा आफ्नो धारणा निर्धक्क राख्न सक्ने र वैचारिक स्तर वृद्धि गर्न निबन्ध लेखनले सहयोग गर्ने कुरा बताउनु भएको थियो ।
कार्यक्रम विद्यालयका अङ्ग्रेजी शिक्षकहरु अन्जु कुमाल , निशा पाण्डे र राज कुँवरको निर्णायक भुमिका तथा विद्यालय संयोजक सृष्टि बरालको सहजीकरणमा सम्पन्न भएको थियो
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij