मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नमुना एभरग्रिनमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर

नमुना एभरग्रिनमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर

images
  • 376
    SHARES

  • images
    images
    images
    नमुना एभरग्रिनमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह -२, ढेकावरमा अवस्थित नमुना एभरग्रिन इङ्लिश बोर्डिङ स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

    देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको आयोजना रहेको उक्त स्वास्थ्य शिविरमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको नाक, कान, घाँटी, आँखा, दाँत, छाला लगायत अन्य स्वास्थ्य सम्बन्धि चेकजाँच सेवा निःशुल्क प्रदान गरिएको थियो । उक्त शिविरमा विद्यालयमा अध्ययनरत प्लेग्रुप देखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

    images
    images
    images

     

    IMG-20240625-WA0002.jpg

     

    उक्त शिविरमा विद्यालयमा अध्ययनरत करिब ४ सय २५ जना विद्यार्थीहरुले नि:शुल्क स्वास्थ्य चेकजाँच सेवाको लाभ उठाएका थिए । चेकजाँचका क्रममा करिब ४५ जना विद्यार्थीहरुमा आँखा, दाँत, कान , छाला लगायतका समस्याहरु देखिएको थियो । साथै समस्या देखिएका विद्यार्थीहरुलाई थप चेकजाँच तथा उपचारका लागि देवदह मेडिकल कलेजमा पठाइने विद्यालयले जनाएको छ।

    यस्तो किसिमको चेकजाँचले विद्यार्थीहरूलाई समयमै स्वास्थ्य समस्याको पहिचान गरी स्वास्थ्योपचार गर्न सहज पारिदिएको र यसले निकट भविष्यमा हुनसक्ने जटिल स्वास्थ्य समस्या न्यूनीकरण गर्नका लागि समेत महत्त्वपूर्ण भूमिका खेलेको कुरा शिविर संयोजक सृष्टि बरालले बताउनु भएको थियो।

    साथै विद्यालयका प्रिन्सिपल कमल पौडेलले देवदह मेडिकल कलेजले गरेको सह्रानीय कार्यको मुक्त कण्ठले प्रशंसा गर्नुका साथै कृतज्ञता प्रकट गर्नुभएको थियो । विशेषगरी विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चालन गरिएको उक्त नि:शुल्क स्वास्थ्य शिविर देवदह मेडिकल कलेजका वरिष्ठ नेत्र अधिकृत हिरालाल धामी, डा. विश्व श्रेष्ठ लगाएतको समुहको सहजीकरणमा सम्पन्न भएको थियो।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij