मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह : सडक विस्तार सम्बन्धि छलफलमा कसले के भने ?

देवदह : सडक विस्तार सम्बन्धि छलफलमा कसले के भने ?

images
  • 570
    SHARES

  • images
    images
    images
    देवदह : सडक विस्तार सम्बन्धि छलफलमा कसले के भने ?
    images
    images
    images

    देवदह । बुटवल-नारायणगढ सडक खण्डको ज्यामिरेदेखि बुटवल सम्मको सडक विस्तार कार्यले गति लिन नसकेपछि देवदहका स्थानीय व्यवसायीले सडक निर्माण छिटो सक्न विरोध प्रदर्शन गरे।

    वर्खा नजिकै आउँदै गर्दा सडकका कारण हुन सक्ने जोखिम र त्यसले निम्त्याउने असरलाई न्यूनीकरण गर्न सडक निर्माण यथाशीघ्र सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन ।

    images
    images
    images

    स्थानीयको दवाव पछि देवदह नगरपालिकाले बुधबार सर्वपक्षीय, सर्वदलीय बैठक बोलायो। बैठक तथा अन्तरक्रियाको मूख्य मुद्दा भनेकै ४ महिना अगाडी बुटवलदेखी ज्यामिरे सम्म एकतर्फी कालोपत्रे गर्ने प्रतिबद्धता किन पुरा हुन सकेन भन्ने थियो।

    बैठक तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले २ महिनाभित्र एकतर्फी कालोपत्रे गर्ने प्रतिबद्धता किन पुरा हुन सकेन ? के कारणले कालोपत्रे हुन सकेन, निर्माण कम्पनीले उचित र चित्तबुझ्दो जवाफ दिनुपर्ने धारणा राखेका थिए।

    सडक विस्तारको काम नरोकियोस भनेर रोहिणी नदि ड्यामबाट नदिजन्य पदार्थ दिने सम्झौता गर्दा समेत के कारणले सम्झौता कार्यान्वयन हुन सकेन प्रष्ट पार्नुपर्ने नगर प्रमुख खरेलको भनाई थियो।

    यथाशीघ्र सम्झौता भए बमोजिम काम सम्पन्न गर्न र ढिलासुस्ती र हेलचेक्राई गरे निर्माण कम्पनीका जिम्मेवारीमा रहेका कर्मचारी नियन्त्रणमा लिन सिडिओको आदेश रहेकोले सर्वसाधारणको स्वास्थ्यमा खेलवाड नगरि काम सम्पन्न गर्न रुपन्देही सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिए।

    उपप्रमुख विद्या लक्ष्मी गुरुङले सडक विस्तारमा भएका लापरबाहीको कारणले दैनिक रुपमा सानाठुला दुर्घटना भैरहेको बताउँदै जोखिम भएका ठाउँहरु यथाशीघ्र मर्मत गर्न आग्रह गरकी थिइन् ।

    प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनतालाई सास्ती हुन नहुने र छिटो छरितो रुपमा काम सक्नुपर्ने धारणा राखे।

    नगर प्रबक्ता गणेश डुम्रेले मानवीय संबेदनसिलतालाई ख्याल राख्न आग्रह गर्दै निर्माण कम्पनीलाई तत्काल सडक विस्तार कार्यलाई निरन्तरता दिन आग्रह गरे।

    नेकपा एमालेका नगर अध्यक्ष केशव भट्टराईले नाफा घाटाका कुरालाई जनताको स्वास्थ्य सङ्ग नदाजि बजार क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

    नेपाली काङ्ग्रेसका नगर सभापति गुणाखर भूर्तेलले छलफल मात्रै गरेर निकास निस्कन असम्भव हुने भएकोले छलफल सङ्गै काम समेत हुनुपर्ने धारणा व्यक्त गरे।

    नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द ठडराईले सडककै कारण कयौं व्यापारीको व्यवसाय चौपट भएको र ऋणमा डुबेको बताउँदै बाटो छिटो सम्पन्न गर्नुबाहेक अर्को विकल्प नभएको बताए।

    राप्रपाका नगर अध्यक्ष माधव रिमालले जनताको स्वास्थ्यनै पहिलो प्राथमिकता रहेको उल्लेख गरे।

    देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख वासुदेव रिमालले विद्यालय क्षेत्र, बजार क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्न आग्रह गरे।

    देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङले सडकको कारण व्यवसायी सबभन्दा बढी परेकोले अब व्यवसायीले धैर्य गर्न सक्ने अवस्था नरहेको बताए।

    उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारीले विद्युत पोलको समस्या देखाएर काम ढिलासुस्ती भएको भनाईको खण्डन गर्दै विद्युत पोल सारि सकिएकोले कुनै अबरोध नभएको बताए। नालि निकास नभए सडकनै नहर बन्ने र धान खेती समेत प्रभावित हुने भएकोले समस्या समाधान तर्फ अध्यक्ष भण्डारीले ध्यानाकर्षण गराएका थिए।

    रेडियो देवदहका महासचिव दिपक न्यौपानेले सडकमै कारण दुर्घटना हुन पुगि शरीरमा चोट बोकेर हिड्नु परेको बताए । व्यवसायीले अराजकता देखाएको नभएर पिडा व्यक्त गरेको उनको भनाई थियो।

    स्थानीय दिनामणि पाण्डेले सुनवल क्षेत्रमा दुईतर्फी सडक पिच हुँदा देवदहमा किन सडकको दुर्दशा छ भनेर प्रश्न गरेका थिए। 

    व्यवसायी सरोज घर्तीले बहानाबाजी नगरी यथाशीघ्र सडक मर्मत गरी जोखिम न्यूनीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

    स्थानीय व्यवसायी ध्रुव खरेलले अझै पनि समय भएकोले कालोपत्रेलाईनै प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

    त्यस्तै बुटवल नारायणगढ सडक खण्डका आयोजना प्रमुख शंसाक मिश्रले रोकिएको कामलाई सुचारू गरि सर्वसाधारणलाई सहज वातावरण निर्माण गरिने उल्लेख गरे।

    जवाफमा चाइना स्टेट कम्पनीका प्रतिनिधि कुडुरुले मेट्रीयल अभावका कारण काममा ढिलाई भएको स्पष्टीकरण दिएका थिए। साथै देवदह क्षेत्रमा प्रशोधन केन्द्र समेत नभएकोले केहि समस्या निम्त्याएको उनको भनाई थियो। सहमति अनुसार १५ दिन भित्र सडक स्तरीय रुपमा ग्राभेल गरि सहज गरिने उनको भनाई थियो।

    इन्जिनियर योगेश श्रेष्ठले भ्रष्टाचार रहित ढंगले काम भएकोले जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले घुस खाए भन्नु मिथ्या रहेको बताए।

    कार्यक्रममा सहभागी सबैको एउटै माग सडक यथाशीघ्र मर्मत हुनुपर्ने माग थियो। सडककै कारण व्यवसायमा ह्रास आएको, धुलोले स्वास्थ्यमा असर गरेको, हिलोले दुर्घटनाको जोखिम बढाएको, विद्यार्थीलाई आवतजावत गर्न समस्या भएकोले यस तर्फ ध्यानाकर्षण गराएका थिए। 


    यो पनि पढ्नुहोस

    सडक विस्तारमा ढिलासुस्ती भएपछि स्थानीय आन्दोलित 

    असार ९, देवदह। ठेक्का लागेको ५ वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेपछि रुपन्देही देवदहका स्थानीय आन्दोलित बनेका छन् । बर्खा नजिकिदै जाँदा निर्माण कम्पनीका कामदारहरु सडक वेवारिशे छोडेर जाने तयारी गरेको र सडकको अवस्था अत्यन्तै नाजुक भएको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।

    पूर्व पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सनले दोस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत सडक विस्तारको काम नसकेको र बर्खामा सास्ती खेप्ने निश्चित भएपछी आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय व्यवसायी सरोज जिसिले बताए। 

    घाम लाग्दा सडकमा धुलो उडेर बसिनसक्नु हुने र पानि पर्दा हिलो र पानि जमेर सास्ती खेप्नुपर्ने र यसको कारण व्यापार व्यवसाय समेत चौपट भएको स्थानीय व्यवसायीको गुनासो रहेको छ। 

    चाइना स्टेट कन्ट्रक्सनले असर मसान्तभित्र बुटवलदेखि खैरेनी सम्म एकतर्फी सडक कालोपत्रे गर्ने आश्वासन दिएको थियो। तर असर मसान्त नजिकिदै गर्दा समेत निर्माण व्यवसायीले सडक निर्माणमा बेवास्ता गरेपछि सडकमा आउनु परेको स्थानीय अभियन्ता प्रेम थापाको भनाई छ ।

    जनताले सास्ती खेप्दा स्थानीय सरकारले समेत सम्बन्धित निकायलाई सडक विस्तार यथाशीघ्र सम्पन्न गर्न दबाब दिनुपर्ने र बजार क्षेत्रमा सडकको काम छिटो नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने थापाले बताए ।

    सडक ठेक्का लागेको ५ वर्ष पुग्न लाग्यो ।सुनवल नगरपालिकालमा दुई तर्फी पिच भैसकेको छ । हाम्रोतिर केही पनि काम नगरेपछि आन्दोलित हुनुपरेको छ,’ स्थानीय दिनामणि पाण्डेले भने, ‘प्रदूषणले बिरामी भयौं। जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरियो। 

    १ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको २०७६ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर निर्माण कम्पनीले बिजुलीको पोल, सडक भित्र पर्ने रुख व्यवस्थापन र कोभिड लगायत कारण देखाउंदै म्याद थपको माग गरेको थियो। 

    जस अनुसार २०८० भदौ १२ सम्म म्याद थप गरिएको थियो। थपिएको अवधिमा समेत सडक विस्ताको काम नसकिए पछि २०८१ साउन ८ सम्म सक्नेगरी दोस्रो पटक म्याद थप भएको थियो। 

    दोस्रो पटक थपिएको म्याद समेत यहि साउन ८ गते सकिदै छ। तर अहिले ५१ प्रतिशत मात्र काम भएको छ । बर्खा नजिकिदै गर्दा सडककै कारण जनताले सास्ती खेप्ने निश्चित देखिएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij