देवदह । रुपन्देहीको देवदहमा क्रियाशील रहेको संस्था लायन्स क्लब अफ देवदहको नवौं पद हस्तान्तरण तथा सम्मान समारोह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । शुक्रबार पाठक फुडल्याण्ड बर्ष २०२३ /२४ का अध्यक्ष लायन मन बहादुर क्षेत्रिले बर्ष २०२४/२५ का नव निर्वाचित अध्यक्ष कृष्ण राज पौडेललाई पद हस्तान्तरण गर्नु भएको हो ।
वर्ष २०२४/२५ का लागि पौडेलको नेतृत्वमा ३४ सदस्यीय कार्यसमिति चयन गरिएको छ। क्लबको प्रथम उपाध्यक्षमा सिर्जना ओली, उपाध्यक्षमा गणेश क्षेत्री र हीरालाल कँडेल, सचिवमा पवन पौडेल, कोषाध्यक्षमा अञ्जना ओली, सहसचिवमा खड्ग बहादुर क्षेत्री, सहकोषाध्यक्षमा गीता शर्मा चयन हुनुभएको छ ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लायन मन बहादुर क्षेत्रिले आफ्नो कार्यकालमा विद्यालय तथा टोलहरुमा मधुमेह तथा ब्लड प्रेसर सम्बन्धि स्वास्थ्य परिक्षण, जाजरकोट भूकम्प पिडितलाई खाद्यान्न राहत तथा वितरण, डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम, शैक्षिक तथा खेलकुद सामाग्री वितरण, रक्तान्दन कार्यक्रम जस्ता सामाजिक क्रियाकलाप गरिएको बताउनुभयो।
त्यस्तै पद हस्तान्तरण कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष पौडेलले लायन्स क्लबले गरेका सामाजिक क्रियाकलापलाई निरन्तरता दिंदै सामाजिक कार्यमा सहभागी हुने बताए। लायन्समा थप युवालाई जोड्ने र पुराना कार्यक्रमलाई निरन्तरतासंगै नयाँ कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।
कार्यक्रम लायन्स लिडरहरू अर्जुनमान शैजू, पुरुषोत्तम प्रधान, बालाराम भट्टराई, सन्दीप कसौध, विनोद खरेल, संस्थापक अध्यक्ष विष्णु प्रसाद पौडेल, अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम पहिलो सत्र संस्थाको सचिव जसु पुन र दोश्रो सत्र नव निर्वाचित सचिब पवन पौडेलको सञ्चालनमा सम्पन्न भएकाे थियाे।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij