काठमाडौं । एसईईको पुरक परिक्षाको समय तालिका सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो ।
परिक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म संचालन हुनेछ।परिक्षामा दुई विषय भन्दा बढि विषयमा एनजि ल्याउने समेत सहभागी हुन सक्नेछन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij