असार १९, देवदह । रूपन्देहीको देवदह ५ मा रहेको न्यू लुम्बिनी बोर्डिङ स्कुलका विद्यार्थीहरूले वृक्षरोपण कार्यक्रम अन्तर्गत १ सय वटा बाँसका विरुवा रोपेका छन् ।
देवदह ५ र ६ मा फैलिएको बुद्ध सामुदायिक वनको सहयोगमा बुद्द सामुदायिक वन क्षेत्रमा बाँसका विरुवा रोपिएको विद्यालयले जनाएको छ । विद्यालयमा क्रियाशील स्काउट दल, बाल क्लव र नेपाल युवा रेडक्रस सर्कल न्यू लुम्बिनीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको विद्यालयका प्राचार्य विनोद थापा मगरले जानकारी दिनुभयो ।
'सामाजिक उत्तरदायित्व र जिम्मेवारी पूरा गर्दै वनजंगल र वातावरणको संरक्षण गर्न वृक्षरोपण गरिएको छ' प्राचार्य थापाले भने, 'सामाजिक कार्यमा प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई सहभागि गराउँदै उनीहरुलाई व्यहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।
वृक्षारोपणमा स्काउट, बालक्लव र रेडक्रस गरि ४३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा न्यू लुम्बिनी स्काउट दलका मास्टर, बाल क्लव तथा रेडक्रस का ईन्चार्ज शिक्षकहरु ओमनारायण थारु, देउमाया आले, लक्ष्मी रेश्मी मगर राना र हिमाली सारुले सहजीकरण गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना, उपाध्यक्ष थमन सिंह गुरुङ, सचीव राधिका अर्याल सहित पदाधिकरी, सदस्य र स्थानीयको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij