मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
  • 762
    SHARES

  • images
    images
    images
    न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह । रूपन्देहीको देवदह ९ मा अवस्थित न्यू नमुना इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यापन गराउनु हुने शिक्षक र कक्षा ९ अध्ययनरत विद्यार्थीहरुको अभिभावकबीचमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। 

    शिक्षक विद्यार्थी र अभिभावकको सम्बन्धले नै सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने हेतुले शिक्षक र अभिभावक बीच अन्तरक्रिया कार्यक्रम राखिएको कुरा विद्यालयका प्राचार्य चुराबहादुर थापाले जानकारी दिनुभयो। उहाँले विद्यार्थीको चौतर्फी विकासका लागि उचित मार्गदर्शनको भूमिका अभिभावक र शिक्षकले खेल्नुपर्ने कुरा पनि बताउनुभयो। 

    images
    images
    images

    उक्त कार्यक्रममा शिक्षकहरूले विद्यार्थीको स्कुलमा हुने शैक्षिक क्रियाकलाप उपलब्धि विवरण अभिभावकलाई जानकारी गराउनुभएको थियो भने अभिभावकहरूले विद्यार्थीको घरमा हुने सिकाई गतिविधि र अन्य क्रियाकलापको जानकारी गराउनुभएको थियो। 

    कार्यक्रम शिक्षक कृष्णप्रसाद पन्थीको सञ्चालनमा भएको थियो। त्यस्तै विद्यार्थीहरूको समग्र शैक्षिक क्रियाकलापको बारेमा कक्षा शिक्षक हेमराज चालिसेले विद्यार्थीहरूको विद्यालयमा हुने क्रियाकलाप सम्बन्धी अभिभावकलाई जानकारी गराउनु भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij