मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मगर संघ बुटवलद्वारा बाजेबजै थान परिसरमा वृक्षरोपण

मगर संघ बुटवलद्वारा बाजेबजै थान परिसरमा वृक्षरोपण

images
  • 422
    SHARES

  • images
    images
    images
    मगर संघ बुटवलद्वारा बाजेबजै थान परिसरमा वृक्षरोपण
    images
    images
    images

    ८ साउन, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवल–७ दीपनगर स्थित बाजेबजै थान परिसरमा वृक्षारोपण गरेको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बाजेबजै थानमा मंगलबार अशोका, गुलमोहर, टीक, धुपी, तेजपत्ता, अमला, वेगनवेली लगायत प्रजातिका करिब ५ सय विरुवा लगाइएको संघका बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे मगरले जानकारी दिनुभयो । 

    वृक्षरोपण कार्यक्रमका प्रमूख अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष एवं संघका बुटवल उपमहानगर निवर्तमान अध्यक्ष थर्क बहादुर बारघरे मगर, सल्लाहकारहरु इन्जिनियर गमप्रसाद रेस्मी मगर, गोपाल चौहान मगर, प्रेम गलामी मगर, संघका नगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकीमगर लगायत पदाधिकारी तथा नेपाल मगर संघ बुटवल उपमहानगर १९ वटै वडाका अध्यक्ष एवं सदस्यहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

    images
    images
    images

    सोही अवसरमा बुटवल उपमहमनगरपालिका वडा नं ८ निवासी ९६ वर्षीय वयोवृद्ध देउकली सारुमगरले आफ्नै सौजन्यमा धुपीका विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो ।

    वृक्षारोपण पश्चात आयोजित कार्यक्रममा बोल्दै संघका रुपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे मगरले पछिल्ला समय जलवायु परिवर्तनको व्यापक असर देखिन थालेकोले यसको असर न्युनिकरणका लागि एक मात्र उपाय वृक्षारोपण रहेको बताउनु भयो ।

    विरुवा रोप्ने कार्य गरेर मात्र नपुग्ने बताउँदै उहाँले रोपिएका विरुवाहरुको संरक्षण आवश्यक रहेको औंल्याउनु भयो । बुटवल उपमहानगरपालिका वडा नं ७ दीपनगर स्थित बाजेबजै थानमा यस क्षेत्रमा रहेका मगर समुदायले धार्मिक र सांस्कृतिक विस्वास र आस्थाको केन्द्रको रुपमा सदियौंदेखि पुजाआजा गर्दै आइरहेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, श्रावण ८ २०८१०७:३९:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij