देवदह । रोटरी क्लब अफ देवदहले आठौं स्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। क्लवले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो ।
पाठक फुड ल्याण्डमा आयोजित पदहस्तान्तरण कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि डिस्ट्रीक गभर्नर रोटरियन राजेन्द्र मान शेरचन नवनियुक्त अध्यक्ष विष्णु पाठकलाई पद तथा गोपनियताको सपथ खुलाएका थिए।
पाठको नेतृत्वमा वर्ष २०२४/२५ का लागि क्लबको इलेक्ट प्रिजडेन्टमा डोलराज न्यौपाने, भ्वाइस प्रिजडेन्ट इन्द्र बहादुर सुनार, भ्वाइस प्रिजडेन्ट कृष्ण गैरे, सेकेन्ड भ्वाइस प्रिजडेन्ट कृष्ण अधिकारी, सचिव नारायण भण्डारी, सह–सचिव कुशल ढुंगाना, कोषाध्यक्ष गुरु प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा नगेन्द्र पराजुली, क्लब एडमिनिष्टर चेयर हिरनय लाल लम्साल , सर्विस प्रोजक्ट चेयर विष्णु पाण्डे, रोटरी फाउन्डर चेयर दिपक अधिकारी, मेम्बर चेयर प्रकाश काफ्ले, पब्लिक रिलेसन चेयर विष्णु प्रसाद पाण्डे, कम्युनिटि चेयर ईश्वर प्रसाद न्यौपाने, सर्जेन्ट एट आर्मस फस्ट जयकिशन अधिकारी, सर्जेन्ट एट आर्मस सेकेन्ड योगराज शर्मा रहनु भएको छ ।
सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सङ्गै रोटरी क्लबले विभिन्न कार्यक्रम गर्ने योजना समेत सार्वजनिक गरेको छ। रोटरी क्लब अफ देवदहले पोखरी संरक्षण, आकस्मिक खाना अभियान तथा पाकडि बृक्षमा पुस्तकालय स्थापना गर्ने सम्माका योजनाहरु क्लबका अध्यक्ष पाठकले सार्वजनिक गरेका थिए।
इन्ट्रयाक्ट क्लब अफ देवदहको अध्यक्षमा भुसाल
रोटरी क्लब अफ देवदहले इन्ट्रयाक्ट क्लब गठन गरेको छ । क्लबले नेत्र भुसालको अध्यक्षयतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा प्रकृति पाण्डे, सचिवमा अङ्कुर पोख्रेल, सह सचिवमा आशिष अर्याल, कोषाध्यक्षमा श्रीस पौडेल र सह कोषाध्यक्षमा अलिसा थापा रहेका छन् । त्यसैगरी कल्ब सर्भिस डाईरेक्टरमा अर्जुन गैरे, कम्युनिटी सर्भिस डाईरेक्टरमा सुरवी पराजुली, ईन्टरनेशनल सर्भिस डाईरेक्टरमा कृति न्यौपाने, आईटि सफिसरमा अनुज भण्डारी र सर्जेन्ट एट आर्मस फस्टमा सुमन कंडेल चयन भएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij