केशव पराजुली, देवदह । रुपन्देहीको देवदह स्थित आत्मरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड भलुहीले स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । बुधवार संस्थाको १२ औ स्थापनां दिवसको अवसरमा मानव सेवा आश्रम बुटवलमा भोजन तथा संस्थाको आगामी रणनितिका बारेमा चरङ्गेमा अन्तरक्रिया गरि स्थापना दिवस मनाएको हो ।
सहकारीका अध्यक्ष जित बहादुर पाईजाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आश्रमका सहयोगापेक्षीहरुलाई भोजन गराईएको हो । सोही कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार तथा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले सहकारीहरुको विषमकारी परिस्थितीमा समेत आत्मरक्षा सहकारीले उत्कृष्ट काम गर्दै मानव सेवा आश्रमलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।
उहाँले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनु भयो । २२१० जना सदस्य संख्या रहेको सहकारीमा १९ करोड ७२ लाख ३८ हजार ७४१ रुपैयाँ बचत पुँजी रहेको छ भने सहकारीले देवदह १० चरंगे, देवदह २ ढेकावर र देवदह ९ घोडाहामा सेवा केन्द मार्फत सेवा दिईरहेको छ ।
सहकारीले स्थापना दिवसको अवसरमै सहकारीका कार्यसमिति पदाधिकारी, सल्लाहाकार समिति उपसमिति लगायत बीच संस्थाको आगामी २०८४÷८५ सम्मलाई सहकारी संचालनको लागि ४ बर्षे रणनितिक योजनाका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । उक्त अन्तरक्रियामा सल्लाहाकारद्धय हिरा बहादुर खत्री, लेट बहादुुर पुन, चन्द्र बहादुर रसाईली, कोषाध्यक्ष राजेन्द्र पराजुली,सदस्य हरी अधिकारी, कृष्णमाया राना लगायतले सुझाव राख्नु भएको थियो । सहकारीका उपाध्यक्ष अमर लामिछानेको स्वागत तथा सचिव हर्क बहादुर खत्रीको सहजीकरण तथा संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij