निर्मल एसपी मगर, देवदह । देवदह –५ स्थित बुद्द सामुदायिक वन उपभोक्ता समूहको वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । समूहको सभाहलमा आज शनिबार आर्थिक वर्ष २०८१-०८२ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।
समूहका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता र देवदह नगरपालिका–६ , का वडाअध्यक्ष खेम बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा समूहका अध्यक्ष टेक बहादुर रानाले आर्थिक बर्ष २०८१-०८२ को लागि १ करोड नब्बे लाख ३८२ रुपैयाँ
बराबरको योजना प्रस्तुत गरेका थिए ।
अध्यक्ष रानाले वनको विकास संगै संरक्षण, गौतम बुद्द पार्कको स्तरिकरण, काष्ठजन्य वन उद्यम तथा टपरी उद्योग, महिला सशक्तीकरण तालिम, सामुदायिक वन क्षेत्र भित्रका वृद्ध, अपांगको पहिचान गरि सहयोग तथा सम्मान, सामाजिक विकास, गरिवी न्यूनिकरण, प्राकृतिक प्रकोप विपद् व्यवस्थापन, प्रचार प्रसार, वन डढेलो नियन्त्रण, गोष्ठी, विद्यार्थी छात्रवृत्ति तथा तिज गित प्रतियोगिता, पुरस्कार सहयोग ड्याम निर्माण लगायतका योजना अगाडि सारेका थिए ।
अध्यक्ष रानाले वनमा अग्नि नियन्त्रण रेखा, झाडी सरसफाई, वन व्यवस्थापन, कार्यालय मर्मत, कर्मचारी प्रोत्साहन लगायतका योजना प्रस्तुत गरेका थिए । गोष्ठीमा अध्यक्ष रानाले गौतम बुद्द पार्कबाट हुने आम्दानी,
काठ तथा दाउरा विक्री, निवेदन दस्तुर, सदस्यता शुल्क, दण्डजरिमाना, विभिन्न संघसंस्था तथा सरकारी निकायबाट सहयोगबाट आम्दानी गर्ने लक्ष सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिका-६ का वडा अध्यक्ष खेम बहादुर थापाले
सामुदायिक वनले स्थानीय तहसंग समन्वय गरेर कार्य गर्नुपर्नेमा जोड दिए । सामुदायिक वन क्षेत्रमा हुने अतिक्रमणमा समूहले ध्यान दिन जरुरी रहेको बताउँदै थापाले सामुदायिक वनले ल्याएको वन उद्यम सञ्चालन र टपरी उद्योगले स्थानीयलाई उत्पादनमा जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
योजना तर्जुमा गोष्ठीमा समूहका सल्लाहकार, स्थानीय टोल विकास संस्थाका पदाधिकारी, टोल प्रतिनिधि, उपभोक्ता तथा सदस्यहरुले बार्षिक योजनाका बारेमा आ–आफ्ना सुझावहरु राखेका थिए ।
१)वन क्षेत्रभित्र झाडी सरसफाई तथा थिनिङ्ग फिनिङ्ग गर्ने ।
२)पुरानो अग्नी रेखा सरसफाई गर्ने तथा नयाँ अग्नी रेखा निर्माण गर्ने ।
३)यस सामुदायिक वनद्वारा संचालित गौतम बुद्ध राष्ट्रिय उद्यान निमार्णको लागि संघिय प्रदेश र स्थानिय सरकारसँग, डिभिजन वन कार्यालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, भु-तथा जलाधार व्यवस्थापन पाल्पा तथा राष्ट्रपति चुरे मधेश तराई विकाश संरक्षण समितीसंग र अन्य संघ संस्थासंग बजेट माग गरी आम उपभोक्ताहरुसंग सहकार्य गरी सम्पादन गर्ने ।
४)उपभोक्ता क्षेत्रभित्रका विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई छात्र वृति दिने व्यवस्था मिलाइने
५)यस साव. का उपभोक्ताहरुलाई महिला सशक्तीकरण
तालिम तथा कार्यकमको व्यवस्था मिलाउने ।
६)दैवि प्रकोपको लागि बजेटको व्यवस्था मिलाउने ।
७)खेलकुद संचालनको लागि तथा अन्य संघ संस्थाहरुलाई सहयोगको लागि खर्चको व्यवस्था मिलाउने
८)यस सा. व. को २०८१।०८२ को कार्ययोजना अनुसार वन क्षेत्रभित्र रहेको सुधार कटान र पुनरुत्पादन कटान तर्फका विभिन्न जातका रुखहरु डिभिजन, वन कार्यालयको स्विकृती तथा देवदह सब डिभिजन, वन कार्यालय शितलनगरको प्राविधिक सहयोगमा लगत छपान तथा कटानको व्यवस्था मिलाउने ।
९)वन डढेलो सम्बन्धि प्रचार-प्रसार, सचेतना कार्यक्रम, गोष्ठी अग्निदस्त तयारी, वन डढेलो नियन्त्रया, आदिको परिचालनको लागि खर्चको मिलाउने तथा डढेलो नियन्त्रया सामग्री खरिद गर्ने ।
१०)यस सामुदायिक वनका क्षेत्रभित्रका वृद्ध, अपाङ्गको पहिचान गरी सम्मान तथा सहयोगको व्यवस्था मिलाउने ।
११)घाटगद्दि तथा भवनको कम्पाउण्ड वालको मर्मतको व्यवस्था मिलाउने ।
१२)यस सामुदायिक वनको सुधार कटान र पुनरुत्पादन कटानवाट उत्पादन भएका काठ दाउरा उपभोक्ता माझ वितरण भई बचेका काठ दाउरा डिभिजन वन कार्यालय रुपन्देहीको स्वीकृति लिई वाह्य लिलाम बिक्रीको लागि बिधान कार्ययोजन अनुसार व्यवस्था मिलाउने ।
१३)यस सामुदायिक वनको कार्ययोजन अनुसार योजना तर्जुमा, लेखा परिक्षण, वार्षिक प्रतिवेदनहरु तथा साधारण सभाको व्यवस्था मिलाउने ।
१४) यस सामुदायिक वनका क्षेत्रभित्र तथा उद्यान (पार्क) भित्र कांडे तथा जाली तारवार मर्मत तथा नयाँ तारवार, तटवन्धको व्यवस्था मिलाउने ।
१५) समुहको वन क्षेत्रभित्र गस्ति, अनुगमन, मुल्यांकन तथा कार्यकारिणी समितीको बैठक वस्दा खर्च र अन्य कामको लागि खर्चको लागि व्यवस्था गर्ने ।
१६) कायर्यालय (समुह, पार्कको संचालन गर्नको लागि खर्चको व्यवस्थापन गर्ने ।
१७) यस समूहको कर्मचारी पार्क कर्मचारी तथा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको लागि खचका व्यवस्था मिलाउने ।
१८) अध्ययन अवलोकन भ्रमण र इन्धानको लागि खर्चको व्यवस्था गर्ने ।
१९)भौतिक निर्माणको लागि खर्चको व्यवस्था गर्ने ।
२०) यम सा.व का कर्मचारी तथा पदधिकारीहरुले सामान बरामद गरे वापत प्रोत्साहनको लागि बचको व्यवस्थापन मिलाउने ।
२१) कोष्ठ जन्य वन उद्यन तथा टपरी उद्योग, जस्ता कार्यक्रमहरु संचालन गर्नेको लागि खर्चको व्यवस्थापन गर्ने ।
२२)बुद्ध सामुदायिक वन उपभोक्ता समूह नित्र रहेका आमा समूहहरुलाई गौतम बुद्ध राष्ट्रिय उद्यान भित्र पिकनिक बनभोज तथा अन्य कार्यक्रम सञ्चालन गदां सहुलियत प्रदान गरि रु ५००। मात्र लिने व्यवस्था गरिने छ ।
२३) यस समूहले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने ।
२४) गौतम बुद्ध राष्ट्रिय उद्यानलाई विधान बनाई डिभिजन वन कार्यालयमा दर्ता गराउनको लागि पहल
गर्ने ।
२५) स्थानिय सरकारसग सहकार्य गरी काम गर्नको लागि खर्चको व्यवस्थापन गर्ने ।
२६)मुदायिक वन र यस अन्तर्गत संचालनमा रहेको गौतम बुद्ध राष्ट्रिय उद्यानको लागि बजेट माग गर्दा र जिन्सी सामाग्री खरिद गर्नको लागि सूचको व्यवस्थापन गर्ने ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij