बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सुनवलमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर र हाइवा नियन्त्रणमा

सुनवलमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर र हाइवा नियन्त्रणमा

images
  • 469
    SHARES

  • images
    images
    images
    सुनवलमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर र हाइवा नियन्त्रणमा
    images
    images
    images

    साउन ३१, सुनवल । सुनवल नगरपालिकाका खोलाहरुवाट दैनिक रुपमा नदिजन्य पदार्थ चोरि निकासी भएपछि नगर प्रमुख विमला अर्याल चोरि निकासी नियन्त्रणका लागि नगर प्रहरी सहित गत वर्ष जस्तै यस वर्षपनि आँफै खोलामा खट्न थाल्नु भएको छ।

    असार साउन र भदौ ३ महिना नेपालका कुनैपनि नदि खोलाहरुवाट नदिजन्य पदार्थ उत्खनन् गर्न नमिल्ने कानुनी व्यवस्था छ। तर बर्खाको समयमा समेत नदिजन्य पदार्थको चोरी निकासी भएपछि अबैध निकासी नियन्त्रण गर्न नगर प्रमुखले सक्रियता देखाउनु भएको हो।

    images
    images
    images

    नगर प्रमुख विमला अर्याल सहितको टोलिले बुधबार दिउसो सुनवलको तुरिया खोलावाट लु. १ क. ४५३७ को हाईवा र लु २ ख ३००८ को टिप्पर पक्राउ गरि सामग्री सहित नगरपालिका कार्यालयमा राखिएको छ । पक्राउ गरिएका सवारी साधन १ महिनासम्म यथास्थितिमा राखि १ महिना पछि थप कारवाहिमा लगिने छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij