'प्रथम मगर साहित्य महोत्सव'
भाद्र १० देवदह । 'आफनो कथा आफै लेखौ' भन्ने मूलमन्त्रका साथ संचालन गर्न गईरहेको प्रथम मगर साहित्य महोत्सव–२०८१ सम्वन्धी देवदहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर महिला संघ रुपन्देहीद्धारा मंसीर २१ र २२ गते हुने प्रथम मगर साहित्य महोन्सवको वारेमा अन्तरक्रिया कार्यक्रम भएको हो । मातृभाषा संरक्षण र सम्बर्द्धन गर्ने ध्यले प्रथम मगर साहित्यको आयोजना गरेको महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले बताउनु भयो ।
स्थानीय तहमा गठन भएका संघका पदाधिकारी, सदस्यहरु तथा आममगरहरुलाई जानकारी दिदै महोत्सवको प्रचार प्रसार मुख्य उद्देश्य राखेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको उहाले बताउनु भयो ।

रुपन्देही जिल्लाको १६ वटै पालिकामा महोत्सवको वारेमा जानकारी सहित प्रचार प्रसार गर्ने अभियान रहेको मूल आयोजक समितिका प्रचार प्रसार संयोजक यम रानाले जानकारी दिनु भयो ।
भाषा विना जातीय पहिचान स्थापित नहुने हुदा प्रथम मगर साहित्यको माध्यमबाट मातृ भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न सकिनेमा प्रवक्ता गाहाले बताउनु भयो ।
कार्यक्रमको वारेमा जानकारी दिदै प्रवक्ता गाहाले उद्घाटन दिन मगरका सांस्कृतिक भेषभूषा झल्किने पहिरन सहित ¥याली गर्ने, मातृभाषामा लेखिएका कविता प्रतियोगिता, मगर भाषामा लेखिएका किताव प्रदर्शनी, मगर लेखकहरुले प्रकाशन गरेको किताव विमोचन, मगर समुदाय, देश तथा समाजलाई महत्वपूर्ण योगदान दिएका मगर अगुवाहरुको चित्रकला प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम गरिने बताउनु भयो ।
यसैगरी हरेक बर्ष उत्कृष्ट पुस्तकलाई आदिकवि जीतबहादुर सिंजाली र रेखबहादुर सारु मगर साहित्य पुरस्कार प्रदान गरिने र मगर समुदायमा योगदान दिएका एक जनालाई नेपाल मगर संघका पुर्व केन्द्रिय अध्यक्ष गोरेबहादुर खपाङ्गी पुरस्कार समेत प्रदान गरिने गाहाले जानकारी दिनु भयो ।
मगर तथा अन्य समुदायका अध्येता, अनुसन्धानता, लेखक, सामाजिक अभियन्ता तथा विज्ञहरुबाट विद्धृत प्रवचन समेत हुने जानकारी दिनु भयो । महोत्सवले निकालेको निष्कषर्णलाई दस्तावेजको रुपमा किताव प्रकाशन गर्ने उहाले जानकारी दिनु भयो ।

नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुन, नेपाल मगर संघ रुपन्देहीका सदस्य शोभाकुमारी थापा, संघका देवदह नगर अध्यक्ष मनबहादुर राना, पदम थापा, खरसिं श्रीष, विन्दु थापा, भविन्द्र थापा, ताराबहादुर थापा, तिलविक्रम बुढाथोकी,जिल्ला सदस्य टेक बहादुर पुलामी, पुर्व सहसचिव विनोद थापा मगर लगायतले आ–आफना भनाई राख्नु भएको थियो । राधिका श्रीषको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रका मगर अगुवाहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij