भाद्र १३, देवदह । बुद्द सामुदायिक वनको आयोजनामा नारिहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा वन सचेतना सम्बन्धि तिज गित प्रतियोगिता सम्पन्न भएको छ।

बुद्द सामुदायिक वन देवदह-५ को सभाहलमा तिज गित प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा ९ वटा आमा समूहहरुको सहभागिता रहेको थियो।
प्रतियोगितामा अमरज्योति आमा समुह प्रथम, माथा देवीआमा समुह द्वितीय, परिवर्तन आमा समूह तृतीय र सिद्धिविनायक आमा समूहले सान्त्वना हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका समूहले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद सङ्गै प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी सबै समूहलाई नगद एक हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा राष्ट्रिय कलाकार तेजु अर्याल र नृत्य निर्देशक विश्व गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता, गाउँ वन समन्वय संजाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारीको प्रमुख आतिथ्यता र सचीव राधिका अर्यालको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij