देवदह । रूपन्देहीको देवदह ९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए। कार्यक्रमको सभापति विद्यालयका प्राचार्य चुराबहादुर थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिको भूमिकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव भट्टराई ज्यू रहनुभएको थियो। त्यस्तै अतिथिको रुपमा विद्यालय व्यवस्थापन समिति सदस्यहरु प्रतिमा उपाध्याय र राधिका साहानी रहनुभएको थियो।
निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गायक लोकेन्द्र सापकोटा रहनुभएको थियो र निर्णायक मण्डलका सदस्यहरूमा मनोज श्रीपाली र तिर्सना पुनले निर्णायकको भूमिका रहनुभएको थियो।
कार्यक्रम उद्घोषक कृष्णप्रसाद पन्थी सर र सिर्जना जिसीज्यूले गर्नुभएको थियो र कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख सागर पौडेल सरले गर्नुभएको थियो। कार्यक्रममा पब्लिक जनसम्पर्क अधिकृत खडक बहादुर क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।
विद्यार्थी भाइबहिनीहरूले आफूले पाएको शीर्षक अनुसार गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सम्पूर्ण भाइबहिनीहरूको एकदम राम्रो प्रस्तुति रहेको निर्णायक मण्डलका संयोजक सापकोटाले बताउनुभयो। नर्सरीदेखि युकेजिसम्मका विद्यार्थी भाइ बहिनीहरूलाई शीर्षक दिएको थिएन भने कक्षा १ देखि ३ सम्मको लागि "अनुशासनको महत्व, ४ देखि ६ सम्मको "समाज सुधारमा महिलाको भूमिका" शीर्षक थियो भने ७ देखि १० को "चाडपर्वसँगै भित्रिएका विकृति" शीर्षक रहेको थियो।
कार्यक्रममा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको बीच बीचमा निर्णायक मण्डल सदस्य तिर्सना पुन र लोकेन्द्र सापकोटाले आफ्नो बेजोड प्रस्तुति राखि माहोललाई झन् उल्लासमय बनाउनुभएको थियो।
कक्षा नर्सरी बाट क्रमश प्रथम, द्वितीय र तृतीय श्रीशा सारु मगर, बियोन्स सिरिस र सोनिया बि.क,त्यसैगरी कक्षा एलकेजीबाट क्रमश प्रथम द्वितीय र तृतीय क्रमशः निवि बानिया क्षेत्री, ग्रिस्मा तिवारी र सुप्रिया सुनार, त्यसैगरी कक्षा युकेजीबाट क्रमश प्रथम द्वितीय सुवेक्षा सुनार, सुप्रिया पाण्डे र तृतीय रिवान्सु थापा र आर्जु थापा भएका छन् ।
त्यस्तै कक्षा १ देखि ३ सम्मको तहमा कक्षा २ "मुन", प्रथम स्थान , द्वितीय स्थान हासिल गरेको छ कक्षा ३ "भेनस"ले द्वितीय स्थान गरेको छ।८ त्यस्तै कक्षा ४ देखि ६ सम्मको तहमा कक्षा ६ "पर्पल" प्रथम, कक्षा ६ "पिंक"द्वितीय र कक्षा ५ "ग्रिन"ले तृतीय स्थान हासिल गरेका छन् ।
त्यस्तै कक्षा ७ देखि १० सम्मको तहमा प्रथम स्थान हासिल गर्न सफल र प्रतियोगिताकै सर्वोत्कृष्ट अङ्क ल्याउँदै कक्षा ७ 'फेवा'होल फस्ट भएको छ । त्यस्तै द्वितीय कक्षा ९ "अरनीको" द्वितीय र कक्षा ८ फिस्टेल तृतीय भएको छ।
कार्यक्रममा विद्यालयका शिक्षिकाद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। विजेता भाइबहिनीहरूलाई सोही कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिद्वारा पुरस्कार वितरण गरिएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij