बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

ब्राह्मण समाज देवदह ९ को प्रथम साधारणसभा सम्पन्न

ब्राह्मण समाज देवदह ९ को प्रथम साधारणसभा सम्पन्न

images
  • 416
    SHARES

  • images
    images
    images
    ब्राह्मण समाज देवदह ९ को प्रथम साधारणसभा सम्पन्न
    images
    images
    images

    देवदह । ब्राह्मण समाज नेपाल देवदह वडा समिति वडा नम्बर ९ को प्रथम साधारणसभा सम्पन्न भएको छ। देवदह ९ घोडाहामा समाजले साधारणसभा सम्पन्न गरेको हो।

    साधारणसभाको अवसरमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले सबै जातजाति र धर्मको संरक्षणको लागि नगरपालिकाले समान दृष्टिकोण बनाएर लागिरहेको बताउनुभयो ।

    images
    images
    images

    समाज विकासका लागि सबै एकजुट भएर लाग्न आवश्यक रहेको र सकारात्मक कर्मको माध्यमबाट मात्रै सफलता हासिल हुनेभएकोल सत्कर्ममा लाग्न समेत उहाँले सुझाव दिनुभयो ।

    कार्यक्रममा कामधेनु गौशालाका संस्थापक सोमराज जि महाराज, ब्राह्मण समाज रुपन्देहीका जिल्ला सचिव दिवाकर अधिकारी, कमल कान्त पौडेल, नगर अध्यक्ष बिष्णु अर्या, पण्डित भोजराज खराल, समाजसेवी बिष्णु प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रम संस्थाका वडा नम्बर ९ का अध्यक्ष अनन्तराम भण्डारीको अध्यक्षता र जगन्नाथ अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, भाद्र १५ २०८१०५:५९:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij