मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह जेसीजको आयोजनामा तीज विशेष कार्यक्रम

देवदह जेसीजको आयोजनामा तीज विशेष कार्यक्रम

images
  • 353
    SHARES

  • images
    images
    images
    देवदह जेसीजको आयोजनामा तीज विशेष कार्यक्रम
    images
    images
    images

    देवदह । देवदह जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन तिज विशेष कार्यक्रम सम्पन्न भएको छ। सोमबार देवदहमा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका उप प्रमुख कार्यक्रमका प्रमुख अतिथि विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई नमुना पालिका बनाउन लागिरहेको बताउँदै सहकार्यका लागि आग्रह गर्नुभयो।

    images
    images
    images

    देवदह जेसीजले पृथक र युवा लक्ष्यित कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै युवाको नेतृत्व र क्षमता विकास बढाउने कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    तीज मनाउने बहानामा पछिल्लो समय विकृति भित्रीएको भन्दै सभ्य र विकृति रहित ढंगबाट संस्कृतिको जगेर्ना हुनेगरी पर्व मनाउन उपप्रमुख गुरुङले आग्रह गर्नुभएको थियो।

    सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार संसदीय बैठक प्रणाली सम्बन्धि तालिमबाट कार्यक्रम सुरुवात गरिएको थियो। जस अन्तर्गत सोमबार तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रममा देवदह नगरपालिका ९ का वडा अध्यक्ष मोहन जिसी र देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सप्ताह व्यापी कार्यक्रम अन्तर्गत १७ गते बाबा बगैंचा सरसफाई कार्यक्रम, १८ गते बक्तित्वकला प्रतियोगिता, १९ गते मोटिभेसनल टेनिङ्ग, २० गते yes ट्रेनिङ्ग, २२ गते अन्तर शाखा व्याडमिन्टन प्रतियोगिता र पुरस्कार वितरण सहित कार्यक्रमको समापन हुनेछ।७ कार्यक्रम संस्थाका अध्यक्ष जेसि आनन्द पराजुलीको अध्यक्षता, साकार रेग्मीको स्वागत र मनिषा न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij