मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सकियो देवदह जेसीज सप्ताह

सकियो देवदह जेसीज सप्ताह

images
  • 580
    SHARES

  • images
    images
    images
    सकियो देवदह जेसीज सप्ताह
    images
    images
    images

    भदौ २२, देवदह । देवदह जेसीजको सप्ताहव्यापी कार्यक्रम शनिबार समापन भएको छ।देवदहको सन लाइट होटेल एण्ड पार्टी प्यालेसमा पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न भएको हो ।

    समापन समारोहमा मन्तव्य व्यक्त गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले देवदह जेसीजले पृथक र युवा लक्ष्यित कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै युवाको नेतृत्व र क्षमता विकास बढाउने कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि रज्जाकले युवाहरू अब आत्मनिर्भर बन्न उत्पादनमूलक र व्यवसायीक क्षेत्रमा जोडिन आवश्यक रहेको बताउनुभयो। समाज रुपान्तरणको सवालमा जेसीजले गरेका कार्यक्रमहरु सराहनीय भएको समेत सांसद रज्जाकको भनाई थियो।

    कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दीप अग्रहरी, देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ, बुटवल जेसीजका अध्यक्ष विनोद घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा अन्तर विद्यालय स्तरीय बक्तित्वकला प्रतियोगितामा प्रथम हुन सफल सगरमाथा आवासीय माविका शिक्षा पौडेल, द्वितीय हुन सफल देवदह माविका निस्तिका परियार र तृतीय हुन सफल सेभेन स्टार बोर्डिङ स्कुलका दिपा दर्लामीलाई क्रमशः ७ हजार २४, ५ हजार २४ र २ हजार २४ रुपैयाँ नगद, मेडल, शिल्ड र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। ५ त्यस्तै अन्तर शाखा व्याडमिन्टन प्रतियोगितामा प्रथम हुन सफल देवदह जेसीज र द्वितीय हुन सफल सुनवल जेसीजका खेलाडीहरुलाई मेडल र शिल्डद्वारा पुरस्कृत गरिएको थियो।

    सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भदौ १५ गते उद्घाटन सङ्गै संसदीय बैठक प्रणाली तालिम, १६ गते तीज विशेष कार्यक्रम, १७ गते बाबा बगैंचा सरसफाई कार्यक्रम, १८ गते बक्तित्वकला प्रतियोगिता, १९ गते मोटिभेसनल टेनिङ्ग, २० गते yes ट्रेनिङ्ग, २२ गते अन्तर शाखा व्याडमिन्टन प्रतियोगिता र पुरस्कार वितरण सहित कार्यक्रमको समापन गरिएको हो।

    समापन समारोह संस्थाका अध्यक्ष जेसि आनन्द पराजुलीको अध्यक्षता, उपाध्यक्ष कमला अर्यालको स्वागत र महासचिव चित्र बहादुर आलेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij