बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चलचित्र ‘दिलसरा’ बुटवलमा प्रदर्शन हुँदै

चलचित्र ‘दिलसरा’ बुटवलमा प्रदर्शन हुँदै

images
  • 680
    SHARES

  • images
    images
    images
    चलचित्र ‘दिलसरा’ बुटवलमा प्रदर्शन हुँदै
    images
    images
    images

    बुटवल, लुम्बिनी पाना । बुटवलमा मगर समुदायको सामाजिक र सांस्कृतिक पक्षमा आधारित चलचित्र ‘दिलसरा’को प्रदर्शन हुने भएको छ। सामाजिक कार्यमा विगत लामो समयदेखि क्रियाशिल मगर संसार फोटो ग्यालरीले भदौ २९ गते बुटवलको मिलन चलचित्र मन्दिरमा चलचित्र प्रदर्शन गर्न लागेको हो।

    हाल सम्म २ सय भन्दा बढी उपचारमा समस्या परेका असहायलाई सहयोग गरेको मगर संसार फोटो ग्यालरीले अनाथ, तथा आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएका बिभीन्न प्रकृतीका बिरामीलाई सहयोग गर्ने हेतुले अक्ष कोष निर्माणार्थ चलचित्र प्रदर्शन गर्न लागेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिए।

    images
    images
    images

    मेनोको फिल्म्स एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । 

    चलचित्र बुटवलस्थित मिलन हलमा भाद्र २९ गते र पाल्पाको रामपुरमा असोज ३ गते प्रर्दशन हुनेछ। चलचित्र १० वर्ष मुनिका बालबालीका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुले निःशूल्क हेर्न पाउनेछन् ।

    चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।

    अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij