मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बीपी जयन्तीको अवसरमा बक्तित्वकला प्रतियोगिता : ४५ विद्यालय सहभागी हुने

बीपी जयन्तीको अवसरमा बक्तित्वकला प्रतियोगिता : ४५ विद्यालय सहभागी हुने

images
  • 438
    SHARES

  • images
    images
    images
    बीपी जयन्तीको अवसरमा बक्तित्वकला प्रतियोगिता : ४५ विद्यालय सहभागी हुने
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा जिल्ला स्तरीय बक्तित्वकला प्रतियोगिता हुने भएको छ। १ सय ११ औं बीपी जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ रुपन्देहीले प्रतियोगिता आयोजना गर्न लागेको हो।

    'बहु आयामिक शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद प्रसाद कोइराला' विषयक शिर्षकमा माध्यमिक विद्यालय स्तरीय बक्तित्वकला प्रतियोगिता आयोजना गर्न लागिएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचीव विजय गुरुङले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीले क्रमशः नगद ११ हजार, ८ हजार, ५ हजार शिल्ड, प्रमाणपत्र र सान्त्वना हुने दुई जना प्रतियोगीलाई नगद २५ सयको दरले पुरस्कृत गरिने गुरुङले जानकारी दिनुभयो ।

    विपि जयन्तीको अवसरमा अघिल्लो वर्ष पनि बक्तित्वकला प्रतियोगिता आयोजना गरेको प्रतियोगितामा ४५ वटा विद्यालयले सहभागीता जनाएको बताइएको छ।

    देवदह स्थित पाठक फुडल्याण्डमा हुने कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको सहभागिता रहने आयोजकले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij