मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बाल दिवसको अवसरमा विद्यार्थीले गरे डस्टबिन वितरण

बाल दिवसको अवसरमा विद्यार्थीले गरे डस्टबिन वितरण

images
  • 605
    SHARES

  • images
    images
    images
    बाल दिवसको अवसरमा विद्यार्थीले गरे डस्टबिन वितरण
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह ९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा क्रियाशील न्यू नमुना बाल क्लबले डस्टबिन वितरण गरेको छ । 'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' भन्ने मूल नारा सहित मनाइएको ६० औं बाल दिवसको अवसरमा डस्टबिन वितरण गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सागर पौडेल जानकारी दिए । 

     

    images
    images
    images

    IMG-20240914-WA0001.jpg

     

    विद्यार्थीहरुले देवदह भलुहीको मुनामदन चोक, आसाम टोल, आदर्श पथ, जागृति टोल, पिसल्यान्ड चोक, गणेशटोल, भट्टराईचोक लगायतका चोकहरूमा डस्टबिन राख्दै सचेतनामुलक विचार राखेका थिए । सो अवसरमा कथावाचन, कवितावाचन, नाटक मञ्चन, नृत्य प्रदर्शन लगायतका कार्यक्रम गरिएको छ ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ९ वडाअध्यक्ष मोहनबहादुर जिसीले विद्यार्थीले गरेका सृजनशील कार्यक्रमको प्रशंसा गरेका छन् ।साथै आगामी दिनहरूमा समेत उत्कृष्ट कार्यक्रमहरु ल्याउन अध्यक्ष जिसिले सुझाव दिएका छन् ।

    बाल क्लबका अध्यक्ष विश्वास अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका संचालक समितिका अध्यक्ष केशव भट्टराई, सहप्राचार्य लक्ष्मीपुन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij