मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सडक निर्माणमा ढिलासुस्ती भएपछि सांसद धर्नामा : १० दिनभित्र काम सम्पन्न गर्ने लिखित सम्झौता

सडक निर्माणमा ढिलासुस्ती भएपछि सांसद धर्नामा : १० दिनभित्र काम सम्पन्न गर्ने लिखित सम्झौता

images
  • 387
    SHARES

  • images
    images
    images
    सडक निर्माणमा ढिलासुस्ती भएपछि सांसद धर्नामा : १० दिनभित्र काम सम्पन्न गर्ने लिखित सम्झौता
    images
    images
    images

    लुम्बिनी पाना । भैरहवा - परासी सडक खण्डको सेमरहवामा समयमै सडक मर्मत नभएको भन्दै जनप्रतिनिधिहरू सडकमै धर्ना बसेका छन्। शुक्रबार बिहानदेखि उक्त सडकखण्डमा रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्य आशिष चौधरी र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव सहित स्थानीयले सडकमा धर्ना दिएका हुन्।

    सडक डिभिजन कार्यालय बुटवलले विशेष मर्मत शीर्षक अन्तर्गत दुई वर्षअगाडि ठेक्का सम्झौता गरे तापनि अहिलेसम्म मर्मत नभएपछि दबाब स्वरूप नै सडकमा धर्नामा बसेको प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले बताए।

    images
    images
    images

    उक्त सडक ६८ लाखमा मर्मत गर्ने गरी निर्माण कम्पनी ओमकार विल्डर्सले ठेक्का सम्झौता गरेको थियो। अहिलेसम्म कामै सुरू नगरेपछि जनप्रतिनिधिहरू यसरी सडकमा ओर्लिएका हुन्।३ जन प्रतिनिधिहरू सडकमा धर्ना बसेपछि सडक डिभिजन कार्यालय बुटवलले निर्माण व्यवसायीलाई फिल्डमै बोलाएर कागज गराएको छ। सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर महेश्वर लम्सालले निर्माण व्यवसायीले अबको १० दिनभित्र काम सम्पन्न गर्ने लिखित कागज गरेको बताए।

    समयमा काम नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का रकमको १० प्रतिशत जरिवाना समेत लिइसकेको छ। लिखित सम्झौता गरेको १० दिनभित्र कालोपत्रे नगरे ठेक्का सम्झौता तोडेर निर्माण कम्पनीलाई कालोसूचीका लागी सिफारिस गरिने बताए।

    निर्माण व्यवसायी ओमप्रकाश भण्डारीले शुक्रबारदेखि नै सडकमा काम सुरू गरी १० दिनभित्र काम सम्पन्न गर्ने दाबी गरे।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij