बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

समुदायसङ्ग जोडिएको सहकारीमा कुनै समस्या छैन : संचालक पौडेल

समुदायसङ्ग जोडिएको सहकारीमा कुनै समस्या छैन : संचालक पौडेल

images
  • 258
    SHARES

  • images
    images
    images
    समुदायसङ्ग जोडिएको सहकारीमा कुनै समस्या छैन : संचालक पौडेल
    images
    images
    images

    देवदह । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका केन्द्रिय संचालक ज्ञानु पौडेलले समुदाय सङ्ग जोडिएको सहकारीमा कुनै समस्या नरहेको बताउनुभएको छ । शनिबार रुपन्देहीको देवदहमा रहेको मूल्यवान बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै संचालक पौडेलले समुदाय स्तर सङ्ग जोडिएका र नीति–नियमअनुसार चल्ने सहकारीमा कुनै समस्या नरहेको बताउनुभएको हो ।

    व्याजदरको प्रलोभनमा पारेर गलत उदेश्यका साथ स्थापित भएका सहकारीहरुका कारण सहकारी संस्था बदनाम भएको भन्दै त्यस्ता खालका सहकारीलाई कारबाही गर्न सिफारिश गरिने उल्लेख गर्नुभयो ।

    images
    images
    images

    संघको लुम्बिनी प्रदेश संयोजक समेत रहेको उहाँले समुदाय सङ्ग जोडिएको सहकारीले सर्वसाधारणको आर्थिकस्तर उकास्न मद्दत गरेको बताउनुभयो। संयोजक पौडेलले सहकारीले लिएको विपन्न वर्गका नागरिकको जीवनस्तर उकास्ने उदेश्य पूरा गर्न शुभकामना समेत दिनुभएको थियो।

    त्यस्तै कार्यक्रमका विशिस्ट अतिथि रुपन्देही जिल्ला सहकारी संघ लिमिटेडका कोषाध्यक्ष सहकारी अभियान्ता सुबकान्त न्यौपानेले सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुर्याएको बताउनुभयो।

    कार्यक्रमा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य निर्मला अधिकारी, जनप्रतिनिधि टिकाराम विक, संस्थापक अध्यक्ष गङ्गा बहादुर विक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    साधारणसभाले संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईले प्रस्तुत गर्नुभएको गर्नुभएकाे प्रतिवेदन, संस्थाका सचिव दिल कुमार विकले प्रस्तुत गर्नुभएको कार्यक्रम तथा बजेट तथा संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास गहतराजद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समितिका संयाेजक हुन बहादुर सुनारले प्रस्तुत गर्नुभएकाे लेखा समितिकाे प्रतिवेदन पारित गरेकाे छ ।

    संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सदस्यहरुको आय आर्जन वृद्धि गर्ने उदेश्यका साथ कृषि, महिला उद्यमशिलता, जिविकोपार्जन व्यवसायलाई आधुनिकिकरण, सीप र दक्षताका आधारमा युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउने उल्लेख गरिएको छ।

    आर्थिक वर्ष २०८१/०८२ काे भाद्र मसान्तसम्म संस्थाकाे सेयर पुँजी ७५ लाख ६ हजार पुगेको छ।त्यस्तै सोही अवधिमा संस्थाले २ करोड ३ लाख ८ हजार बचत संकलन, २ करोड ५१ लाख ८४ हजार ऋण लगानी र ७८४ जना रहेको अध्यक्ष ठडराईले बताउनुभयो ।

    साधारणसभाको अवसरमा जेष्ठ सदस्य, असल बचतकर्ता , असल ऋणी, असल बाल बचातकर्ता, असल उद्यमशिल सदस्य, कर्मचारी, कक्षा १२ मा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

    कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईको अध्यक्षता, उपाध्यक्ष गणेश विकको स्वागत र सचिव दिल कुमार विकको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij