मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह युनाईटेडको प्रथम चार्टर्ड नाईट एण्ड इन्डक्सन कार्यक्रम

लायन्स क्लब अफ देवदह युनाईटेडको प्रथम चार्टर्ड नाईट एण्ड इन्डक्सन कार्यक्रम

images
  • 618
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह युनाईटेडको प्रथम चार्टर्ड नाईट एण्ड इन्डक्सन कार्यक्रम
    images
    images
    images

    असोज १०, देवदह । लायन्स क्लब अफ देवदह युनाईटेडले प्रथम चार्टर्ड नाईट एण्ड इन्डक्सन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबका अध्यक्ष माधव आचार्यको अध्यक्षता र अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपालका डिष्ट्रीक्ट गवर्नर एम जे एफ पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रीक्ट गवर्नर एम जे एफ पुरुषोत्तम भक्त प्रधानाङ्गले छाटो समयमा नै लायन्स क्लब अफ देवदह युनाइटेडले समाजमा उदाहरणीय काम गरेको भन्दै अन्य क्लबको लागि पनि उदाहरणीय बनेको बताउनुभयो । 

    images
    images
    images

    कार्यक्रममा प्रथम डिस्ट्रीक गभर्नर पि एम जे एफ लायन बालराम भट्टराई, डिस्ट्रीक को-चिफ एड्भाईजर विष्णु पौडेल, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ, क्लबका उपाध्यक्ष मनिलाल तिवारी, कोषाध्यक्ष प्रविन गौडेल लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

    सोही अवसरमा क्लबका अध्यक्ष माधव आचार्यले क्लबका चार्टर्ड मेम्बरहरुलाई सम्मान समेत गर्नुभएको थियो । संग संगै क्लबले तयार पारेको डाईरेक्ट्री पनि विमोचन गरिएको थियो ।४ उक्त कार्यक्रममा डिस्ट्रीक क्याबिनेट अफिसरहरु, लायन्स मेम्बरहरु र विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम क्लबको प्रथम उपाध्यक्ष गणेश सापकोटाको स्वागत तथा क्लवका सचिव अर्जुन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij