मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कोलिय देवदह सहकारीको ३ वटा सेवा केन्द्रको साधारणसभा सम्पन्न

कोलिय देवदह सहकारीको ३ वटा सेवा केन्द्रको साधारणसभा सम्पन्न

images
  • 567
    SHARES

  • images
    images
    images
    कोलिय देवदह सहकारीको ३ वटा सेवा केन्द्रको साधारणसभा सम्पन्न
    images
    images
    images

    असोज १६, देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहले सेवा केन्द्रय स्तरीय १९ औं बार्षिक साधारण सम्पन्न गरेको छ । असोज १२ गते देखि शुरु गरेको सेवा केन्द्रस्तरीय साधारण सभा अन्तर्गत तारापुञ्ज सेवा केन्द्र भलुही, दिपनगर सेवा केन्द्र तिलोत्तमा र शंकरपुर सेवा केन्द्र सिक्टहनको वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीले सदस्यको आर्थिक विकास गर्दै समाज रुपान्तरण गर्ने गरि काम गर्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले सहकारीका शेयर सदस्यहरु संस्थाप्रति वफादार हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले सहकारीका संचालकहरुले सही ढंगबाट काम गरेका छन कि छैनन शेयर सदस्यहरुले निगरानी गर्नु पर्नेमा जोड दिएका थिए ।

    images
    images
    images

    उनीहरुले सहकारीहरुले आफनो शेयर सदस्यहरुलाई सीपमुलक तालिम मात्र नभई रोजगारीको सिर्जना गर्ने तर्फ पनि लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले सहकारीहरुले महिलाहरुलाई सकारात्मक र सिर्जनात्मक काममा लगाउने निति बनाउनु आवश्यक रहेको बताएका थिए । तारापुञ्ज सेवा केन्द्र भलुहीमा भएको कार्यक्रममा बोल्दै संस्थाका पुर्वअध्यक्ष तथा सल्लाहकार प्रकाश अर्यालले कोलिय देवदह सहकारी देशकै उत्कृष्ट सहकारी निर्माण गर्ने उद्देश्य सहित लागेको बताउनुभयो । उहाले सुखी नेपाली समृद्ध नेपालको नारा राजनीतिक दलको मात्र नभई राज्यको नारा भएको हुदा सहकारी उक्त नारालाई आत्मसाथ गर्दै अगाडी बढ्न जरुरी रहेको बताउनुभयो ।

    सहकारी सदस्यहरुकै लागि निर्माण गरिएको हुदा संस्थामा आएका समस्यालाई सवै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनु भयो । तारापुञ्ज सेवा केन्द्रका व्यवस्थापन उपसमिति संयोजक पिताम्बर खरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष ऋषिराम सापकोटा, संस्थाका सल्लाहकार रुका सापकोटा, संस्थाका पुर्व लेखा संयोजक गणेश डुम्रे, शेयर सदस्य जसबहादुर पुन लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

    तारापुञ्ज सेवा केन्द्रका व्यवस्थापन उपसमिति सदस्य बाबुराम पोखरेलको स्वागत तथा खिमकली न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्ष्टिच्युट प्रालिको सहयोगमा निःशुलक रुपमा रक्तचाप तथा मधुमेह चेकजाच गरेको थियो । यसैगरी देउराली सेवा केन्द्र तिलोत्तमामा भएको कार्यक्रमा संथापक अध्यक्ष तथा सल्लाहाकार कृष्णप्रसाद पौडेल, संस्थाका सचिव कृष्णराज पौडेल, लेखा सुपरिवेक्षण समितिका कार्यवाहक संयोजक कोषबहादुर गुरुङ्ग, पूर्वअध्यक्ष राजुमान गुरुङ्ग, ढालानन्द चालिसे, खिमानन्द न्यौपाने, गोमा रिजाल लगायतले मन्तब्य राख्नु भएको थियो । सेवा केन्द्रका संयोजक बावुराम अर्यालको अध्यक्षता, वावुरा घिमिरेको स्वागत र सहव्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोही अवसरमा क्रिमसन अस्पताल मणिग्रामको सहयोगमाा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । शंकरपुर सेवा केन्द्रका व्यवस्थापन समितिका संयोजक पर्शुराम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार सुभकान्त न्यौपाने, देवदह–१२ का वडाअध्यक्ष डेकबहादुर सारु, सल्लाहकार जयकिशन अधिकारी, कोषाध्यक्ष हरि भण्डारी लगायतले बोल्नु भएको थियो । उपसमिति सदस्य दुरमान गुरुङ्गको स्वागत र संस्थाका ब्यवस्थापक विनोद पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

    कार्यक्रममा लायन्स क्लव अफ देवदहको व्यवस्थापनमा स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ । मधुमेह र उच्च रक्तचाप परिक्षण गरिएको स्वास्थ्य शिविरमा १ सय ६३ जनाले स्वास्थ्य परिक्षण गराएको लायन्स क्लव अफ देवदहका प्रथम उपाध्यक्ष सिर्जना ओली सापकोटाले जानकारी गराइन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij