असोज २०, देवदह । सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुसार संचालन भएका सहकारीमा समस्या नभएको नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भएको छ । ढकालले परिस्थितीलाई दोष दिएर सहकारीका समस्या समाधान नहुने उहाँले बताउनुभयो।
कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहको १९ औं बार्षिक सभाको मूल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष ढकालले सहकारीको बचत आफु र आफनो परिवारको नाममा अपचलन गरेका कारण केही सहकारीमा समस्या देखिएको बताउनु भयो । उहाँले बचतमा अस्वभाविक व्याज दिने, अस्वभाविक बचत गर्न दिने र बचत कर्ताले ऋण नचलाएको अवस्थामा सहकारीमा समस्या आएको बताउनु भयो । उहाँले बैंक तथा वित्तिय संस्थाको रुपमा सहकारी संस्थालाई राज्यले मान्यता नदिएको र सहकारी ऐनको व्यवस्था गरेको भएपनि कार्यान्वयन नभएको बताउनु भयो । उहाँले सहकारीसंग सरकार र स्थानीय तहले समन्वय गर्नुपर्नेमा जोड दिनु भयो । अध्यक्ष ढकालले सहकारीलाई मालिक बनाउने कार्य कही कतै उल्लेख छैन, सहकारीमा शेयर सदस्य नै मालिक बन्नु पर्नेमा जोड दिनु भयो । सहकारीका संचालक र व्यवस्थापन पक्षले शेयर सदस्यका सम्पूर्ण समस्या समाधान गर्ने प्रतिवद्धता चाहिन्छ उहाँले भन्नु भयो ।
कार्यक्रममा प्रमुख सल्लाहकार सुवकान्त न्यौपाने, सल्लाकार प्रकाश अर्याल, जयकिशन अधिकारी, ईश्वरी ढुंगाना, पुर्व लेखासंयोजक गणेश डुम्रे, सहकारी सञ्जाल देवदहका अध्यक्ष जागेश्वरी पंगेनी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ऋषिराम सापकोटाले वार्षिक प्रतिवेदन, सचिव कृष्णराज पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरि भण्डारीले आर्थिक, लेखा सदस्य कोषबहादुर गुरुङ्गले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाको १९ औं बार्षिक साधारण सभाको अवसरमा असल बचत, असल व्यवसायी, दिदीवहिनी क्लव, उत्कृष्ट सेवा केन्द्र,उत्कृष्ट वाल बचत, उत्कृष्ट किशोरी बचत,उत्कृष्ट कर्मचारी, उत्कृष्ट सञ्चारकर्मी घोषणा गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनु भयो ।
साधारणसभा संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता, कोषाध्यक्ष हरि भण्डारीको स्वागत र सचिव कृष्णराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij