बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह -१० मा 'सेभेन ए साईड' खुल्ला फुटवल प्रतियोगिता सुरु

देवदह -१० मा 'सेभेन ए साईड' खुल्ला फुटवल प्रतियोगिता सुरु

images
  • 456
    SHARES

  • images
    images
    images
    देवदह -१० मा 'सेभेन ए साईड' खुल्ला फुटवल प्रतियोगिता सुरु
    images
    images
    images

    केशव पराजुली । युवाहरु सामाजिक गतिविधीहरुमा सकारात्मक सोंच र दृष्टिकोण लिएर खराब पक्षहरुलाई परास्त गर्न लाग्नु पर्ने देवदह नगरपालिकाका संस्थापक नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनु भएको छ । 

    दुर्गा मन्दिर युवा क्लब देवदह १० रुपन्देहीले आयोजना गरेको सेभेन ए साईड खुल्ला फुटवल प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । क्लबका अध्यक्ष मिलन पुनको अध्यक्षतामा भएको कार्यक्रममा खत्रीले यूवाहरु सिर्जनशिल भई सामाजिक गतिविधीहरुमा सरिक हुनुपर्नेमा जोड दिनु भयो ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका खत्रीले खेलले अनुशासित, जिम्मेवार तथा विकृति र विसंगतिको अन्त्य गर्न यूवाहरुवाई सक्रिय बनाउने बताउनु भयो । शिव गंगा डेरी उद्योगका संचालक समेत रहनु भएका खत्रीले यूवाहरु भविष्यका कर्णधार तथा बर्तमानका साझेदार पनि हुन भन्नु भयो । एक हप्ता सम्म संचालन हुने प्रतियोगितामा २० टिमको सहभागिता हुने क्लबका सचिव यम बहादुर बोहोराले जानकारी दिनु भयो । 

    पहिलो दिनको पहिलो खेलमा चरङ्गे सिद्धार्थ टोल बी ले चरङ्गे झिल्के टोललाई २-१ विजयी भएको छ भने दोस्रो खेलमा चरङ्गे नयाँ बस्ती टोल अनुपस्थित भएकोले भलुही बाघकुमार टोल वाकओभरका आधारमा विजयी घोषणा गरिएको क्लबका सल्लाहकार सपना रोकाले जानकारी दिनु भयो । 

    खेलमा म्यान अफ द म्याच चरङ्गे सिद्धार्थ टोल बी बाट जर्सी नं.१२का अनिल परियारले उपाधी पाएको सल्लाहकार श्याम थापाले बताउनु भयो । प्रितम गुरुङ्गको संचालनमा भएको उद्घाटन सत्रको खेलमा देवदह ९ का अध्यक्ष मोहन बहादुर जिसी,देवदह १० का वडा सदस्य अमर लामिछाने, जनप्रिय टोल विकास संस्थाकी उपाध्यक्ष कन्यावती जैसी, रोहिणी सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर रसाईली, शान्ती आमा समुहकी अध्यक्ष नानी मैया पहारी, संगम हार्डवेयरका संचालक रुद्र बहादुर खत्री लगायतको उपस्थिती रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij