बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न

देवदह व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न

images
  • 389
    SHARES

  • images
    images
    images
    देवदह व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह क्रियाशिल रहेको संस्था देवदह व्यापार संघको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार देवदह -५ स्थित संघको कार्यालयमा वार्षिक साधारणसभा सम्पन्न भएको हो।

    साधारणसभामा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले देवदहमा रहेका व्यवसायीहरुको हक, हित र अधिकारका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।व्यवसायीहरुले तिरेको करबाट नै राज्यको अर्थतन्त्रमा ठूलो टेवा पुगेकोले व्यवसायी भित्रका विविध समस्याहरु समाधान गर्न आफुले पहल गर्ने न्यौपानेको भनाई थियो।

    images
    images
    images

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल चेम्बर अफ कर्मसका प्रदेश अध्यक्ष टंक पोखरेलले देवदहको विकासको लागि के गर्ने? देवदहको समृद्धिको लागि के गर्न सकिन्छ र समग्रह व्यवसायीको हकहितका लागि के गर्ने भन्ने विषयमा घनिभूट रुपमा छलफल गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।

    व्यवसायीको समस्याको पहिचान र समाधानका लागि एकीकृत ढंगले लागेर आवाज उठाउन, पर्यटकहरुलाई भित्र्याउनका लागी, एग्रो टुरिजम, अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार सङ्गै अगाडी बढ्न स्म्मेत उहाँले सुझाव दिनुभयो ।

    पूर्वाधार विकास गर्दा व्यवस्थित ढङ्गबाट गर्न जरुरी रहेको, दीर्घकालीन रुपमा असर नपर्ने गरि गर्न र देवदहको पहिचानका लागि देवदह वासी एकजुट भएर लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष कोष बहादुर गुरुङले संघले व्यवसायीहरुका समस्या मात्र नभएर विभिन्न प्राकृतिक विपत्तिहरुमा उद्धार तथा राहत, अन्य सामाजिक कामहरु जस्तै गरिब, अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण, शैक्षिक सामाग्री वितरण, राहत कोषहरुमा संस्थाको योगदान, रक्तदान लगायत विभिन्न सचेतना कार्यहरु पनि निरन्तर गर्दै आइरहेको जानकारी दिनुभयो ।

    कार्यक्रम संस्थाका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षता र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij