विवेक पौडेल,देवदह । दुर्गा मन्दिर युवा क्लब देवदह -१० भलुहीको आयोजनामा भएको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी बागकुमार(क) ले जितेको छ।
बुधबार भएको फाइनल खेलमा त्रिशुली एफसी चरङ्गेलाई १-० गोल अन्तरले पराजित गर्दै बाग कुमार (क) ले उपाधी जितेको हो। उपाधी जितेको दुर्गा मन्दिर (क)बागकुमारले २५ किलोको बोका,ट्रफी र फुटबल प्राप्त गरेको छ।
२० टिम सहभागी भएको प्रतियोगिताको फाइनलमा त्रिशुली एफसी चरङ्गे विरुद्ध निर्णायक गोल गरेका एलिश बोहोरा म्यान अफ द म्याच बन्न सफल भएका थिए। त्यस्तै प्रतियोगिता अवधी भर उत्कृष्ट प्रदर्शन गरेका एलिश बोहोरा (बागकुमार-क) म्यान अफ द सिरिज बन्न सफल भएका थिए।
त्यस्तै उत्कृष्ट गोल रक्षक आयुश आले (त्रिसुलि एफ सि), उत्कृष्ट कोच दिलिप कुवर (बागकुमार-क ), उत्कृष्ट डिफेन्स - निर्मल राना (त्रिशुली एफ सि )सर्वाधिक गोल- एलिश बोहोरा(बागकुमार-क) ले प्राप्त गरेका थिए।
देवदह नगर उप-प्रमुख विद्यालक्ष्मी गुरुङले कार्यक्रममा सम्बोधन गर्दै दुर्गा मन्दिर युवा क्लब प्रति आभार जताउनु भयो । खेल मार्फत स्वास्थ रहन सकिने र यसले व्यक्तिलाई थप अनुशाशीत हुन सहज बनाउने भएकाले देवदह नगरपालिकाले विभिन्न खेलको आयोजना गर्दै आएको र साथै खेलाडीको भविष्य निर्धारण तथा संरक्षण गर्न तर्फ नगरपालिका अग्रसर रहेको बताउनु भयो ।
आउदै गरेको तिहारलाई लक्षित गर्दै मर्यादित रुपमा देउसी भैलो खेल्न र भैलोको बहानामा विकृति नफैलाउने र तिहारमा प्लास्टिक को फुल प्रयोग नगरेर फुल व्यवसायलाई हौसला प्रदान गर्नुपर्ने उहाँको भनाई थियो।
त्यस्तै देवदह नगरपालिकाका प्रथम मेयर हिरा बहादुर केसिले आयोजकलाई धन्यवाद दिदै खेलले मानिसलाई अनुशासित बनाउने कुरा बताउनु भयो । वर्तमान समयमा समस्याको समाधान गर्नु सट्टा प्रश्न खडा गर्ने प्रवृती सृजना भएको छ । यस्तो अव्स्थामा युवाले समाधान सहितको लक्ष्य लिएर युवाहरु एक जुट भएर अघि बढ्न केसिले अनुरोध गर्नु भयो ।
आउँदै गरेको तिहारको शुभकामना दिदै यो फुटबल प्रतियोगिताले आसाम टोललाइ सबैमाझ चिनाउन सफल भएको देवदह वडा नं १० का अध्यक्ष यक बहादुर सुनार ले बताउनु भयो । उहाँले युवा क्लबको प्रशंसा गर्दै राजनीतिक पक्षधर छोडेर स्वतन्त्र रुपमा काम गरे सफल हुने बताउनु भयो ।
फुटबल प्रतियोगितको समापन सत्रमा विभिन्न संस्कृतिक कार्यक्रम रहेका थिए । कार्यक्रमको अन्त्यमा पञ्चे बाजा सहित लोक तथा दोहोरी गायिमा धनमाया नेपाली को बेजोड प्रस्तुती रहेको थियो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि टेक्निसियन पुर्ण बहादुर सुनार त्यस्तै भद्र सिंह थापा मुख्य अफिसियल, तोयनाथ कुवर र खेम बहादुर खत्रीले सहायक अफिसियलको भुमिका निर्वाह गर्नुभएको थियो ।
क्लबका अध्यक्ष मिलन पुनको अध्यक्षता, उपाध्यक्ष सपना रोकाको स्वागत र प्रितम गुरुङको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij