मंसिर ५, देवदह । रुपन्देहीको देवदहमा देवदह युथ आइकन -२०२४ हुने भएको छ । देवदह जेसिजको आयोजनामा युथ आइकन हुन लागेको हो । यही मंसिर ७ गतेदेखि २२ गतेसम्म युथ आइकन संञ्चालन हुने बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

युवाहरुको क्षमता तथा नेतृत्व सङ्गै चौतर्फी विकासमा सहयोग पुर्याउने उद्देश्यले आइकनको आयोजना गरीएको देवदह जेसिजका महासचिव तथा कार्यक्रमका संयोजक चित्र बहादुर आलेले जानकारी दिनु भयो ।
आइकनमा देवदहमा रहेका १३ वटा माध्यामिक विद्यालयहरुबाट ११ र १२ कक्षामा अध्यनरत प्रत्येक विद्यालयबाट १० जना विद्यार्थीलाई प्री-अडिशनमा सहभागी गराएर र ४–४ जना गरी कुल ५२ जना विद्यार्थी छनौट गरीनेछ । प्रशिक्षण मंसिर १३,१४ र १५ गते हुनेछ। १३ वटा विद्यालयमा १३ वटा संयोजक रहेको उपसमिति बनाएर कार्यक्रमको तयारी गरिएको देवदह जेसिजका अध्यक्ष आनन्द पराजुलीले जानकारी दिनुभयो।
छनौट भएका विद्यार्थीहरुलाई ३ दिनको औपचारीक तालिममा सहभागी गराइने छ । तालिममा वाक कला, नेतृत्व विकास, क्षमता अभिवृद्धी, सामाजिक उत्तरदायीत्व लगायतका बिषय समावेश गरीएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । तालिममा सहभागी मध्ये समावेश गरिएका बिषयको आधारमा उत्कृष्ट हुने विद्यार्थीलाई युथ आइकन घोषणा गरीनेछ ।
युथ आइकनको उपाधि विजेताले १६,६६६ हजार रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र तथा उपविजेताले ११,१११ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । आइकनमा सहभागी हुन कुनै शुल्क तिर्नु नपर्ने आयोजकले जानकारी दिएको छ ।
आइकन सम्पन्न गर्नका लागि करीब ५ लाख ४ हजार पाँच सय रुपैया खर्च अनुमान गरीएको अध्यक्ष पराजुलीले जानकारी दिनु भयो । खर्च रकम बिज्ञापन र देवदह जेसिजबाट व्यवस्थापन गरीने उहाँले बताउनु भयो।
सन् २०१५ मा देवदहमा स्थापना भएको देवदह जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ। देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ नेपाल जेसिजको बर्ष २०२५ को कार्यकारी अध्यक्ष पदको लागि प्रतिस्पर्धामा उत्रिएको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएइएको थियो । पुषको ६,७ र ८ गते इटहरीमा जेसिजको नया पदाधिकारीका लागि निर्वाचन हुँदैछ ।
कार्यक्रम प्रथम उपाध्यक्ष कमला अर्यालको स्वागत र महासचिव चित्र बहादुर आलेको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij