मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा माथागढीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन गर्छौं : नगर प्रमुख खरेल

देवदहमा माथागढीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन गर्छौं : नगर प्रमुख खरेल

images
  • 487
    SHARES

  • images
    images
    images
    देवदहमा माथागढीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन गर्छौं : नगर प्रमुख खरेल
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था देवदह-१ राजाबारीको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार केरवानी खानेपानी संस्थाको प्राङ्गणमा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो।

    साधारणसभाको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले शुद्ध खानेपानी विना स्वस्थ जीवनको कल्पना गर्न नसकिने बताउँदै एकीकृत खानेपानीको रणनीतिका साथ नगरपालिका अगाडी बढेको बताउनुभयो। 

    images
    images
    images

    देवदह नगरपालिकावासीलाई स्वस्थ्य र सफा पानीको व्यवस्थापनका लागि पाल्पाको माथागढी बाट खानेपानी ल्याउने गरि कार्ययोजना अगाडी बढाउने सम्भाब्यताको अध्ययन गरिने नगर प्रमुख खरेलको भनाई थियोे।

    जमिनमूनिको पानी सधै प्रयाप्त नभएको भन्दै उहाँले पाल्पाको माथागढीबाट पिउने पानिको योजना अगाडी बढाउन सके स्वच्छ पिउनेपानी देवदहवासीको लागी २४ सै घण्टा उपलब्ध हुने भएकोले त्यसको लागि आफुले पहल गरिरहेको समेत नगर प्रमुख खरेलको भनाई थियो।

    फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले फोहोर वर्गीकरण अभियान संचालन गरिरहेको बताउँदै कुहिने र नकुहिने फोहोर अलग, अलग राखेर नगरको फोहोर व्यवस्थापन अभियानमा साथ दिन समेत उहाँले आग्रह गर्नुभयो।

    अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बोधराज गौडेलले केरवानी खानेपानीले यस क्षेत्रमा सहज ढंगल शुद्ध पिउने पानी वितरण गरिरहेको बताउनुभयो । संस्थालाई अझै क्षमतावृद्धि गरी २४ सै घण्टा पिउने पानी उपलब्ध गराउने र उपभोक्ताको हितका लागि काम गर्ने उहाँको प्रतिबद्धता रहेको थियो।

    हाल उपभोक्ताको संख्या १८०४ जना रहेको, दैनिक साढे १८ घण्टा पानी वितरण गर्दै आएको र करिब ९७ किलोमीटर खानेपानीको पाइप बिछ्याइएको अध्यक्ष गौडेलको भनाई रहेको थियो।

    कार्यक्रममा देवदह नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष दिपक प्रसाद नेपाल, वडा नम्बर २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटी, देवदह खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गुमान सिंह कुवर ,मायादेवी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष चक्रपाणी तिवारी, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, प्रमुख सल्लाहकार कालुराम थापा, वरिष्ठ सल्लाहकार प्रजापति सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष घनश्याम डुम्रेले आर्थिक प्रतिवेदन, सचीव दिपक पौडेलले सचीवको प्रतिवेदन र लेखा संयोजक साज मोहमदले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रम संस्थाका अध्यक्ष बोधराज गौडेलको अध्यक्षता, उपाध्यक्ष गिता भण्डारीको स्वागत र सचीव दिपक पौडेलको संचालनमा सम्पन्न भएको थियो।

    कार्यक्रममा उपभोक्तालाई "वातावरणमैत्री झोलाको प्रयोग गरौं, प्लास्टिकजन्य वस्तुको न्यूनीकरण गरौं" भन्ने सन्देश सहित वातावरणमैत्री झोला वितरण गरिएको थियो।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij