लुम्बिनी पाना, देवदह । देवदह-९ स्थित जनप्रीय सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सामुदायिक वनको सभाहलमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा मन्तव्य व्यक्त गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले वन निर्देशिका अनुसार काम गर्न आग्रह गर्नुभयो। वन ढडेलो नियन्त्रण, चोरी पैठारीकोको अन्त्य र उपभोक्तालाई उत्पादनमूलक कार्यमा जोड्ने गरी काम गर्न प्रमुख विडारीले आग्रह गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उहाँले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको बताउँदै उहाँले पछिल्लो समय सामुदायिक वनले विभिन्न सामाजिक कार्यहरू गरेको भन्दै प्रशन्सा गर्नुभएको थियो।
सामुदायिक वनका अध्यक्ष रुका सापकोटाले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताउनुभयो । उहाले वन पैदवार काठ तथा जंगलमा खेर गइरहेका दाउराको सदुपयोग गरी उपभोक्तालाई सहज रूपले आवश्यकताअनुसार वितरण गरिएको बताउनुभयो ।
वन संरक्षणको लागि हरेक वर्ष वृक्षरोपणालाई वनले प्राथामिकतामा राखेको बताउँदै अध्यक्ष सापकोटाले विद्यालय तथा अन्य सामाजिक संघ संस्थालाई समेत सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर १० का अध्यक्ष यक बहादुर सुनारले सामुदायिक वन सङ्गको सहकार्यमा स्थानीयलाई रोजगारी दिने खालका कार्ययोजना र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने नीति तय गरिने बताउनुभयो ।६ कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष श्यामकला आचार्य, वडा नम्बर १० का वडा सदस्य अमर लामिछाने, वडा नम्बर ९ का वडा सदस्य कृष्ण माया राना, सल्लाहकार ऋषिराम सापकोटा, भलुही खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष राम प्रसाद सापकोटा, वन संजालका उपाध्यक्ष एवं मिलन सामुदायिक वनका अध्यक्ष तेज बजादुर कुव क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा समुहका कोषाध्यक्ष दुर्गा प्रसाद भुर्तेलले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक जसु पुनले लेखा सुपरिवेक्षण प्रतिवेदन वाचन गर्नु भएको थियो ।
कार्यक्रममा ५ वटा आमा समुहहरुलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने २८ जना जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा नि:शुल्क महिला सम्बन्धि प्राथमिक उपचार तथा परामर्श दिईएको थियो । समुहका उपाध्यक्ष टेक बहादुर विकको स्वागत तथा सचिव मालिका थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij