सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुटवलमा नियमित रक्तदान कार्यक्रम सम्पन्न, २२ युनिट रगत संकलन

बुटवलमा नियमित रक्तदान कार्यक्रम सम्पन्न, २२ युनिट रगत संकलन

images
  • 709
    SHARES

  • images
    images
    images
    बुटवलमा नियमित रक्तदान कार्यक्रम सम्पन्न, २२ युनिट रगत संकलन
    images
    images
    images

    मङ्सिर ०८ बुटवल, कृष्ण रसाइली । नेपाल नियमित रक्तदाता संघ रुपन्देही जिल्ला शाखा र रूपन्देही रिकन्डिसन व्यवसाय संघको संयुक्त आयोजनामा बुटवलमा जिल्ला शाखाले आफ्नो १८ औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

     मङ्सिर ०८  गते शनिबारको दिन ब्लड बैंक बुटवलमा बिहान ८:३० देखि सुरु भएको उक्त रक्तदान  कार्यक्रममा २२ युनिट जम्मा भएको रगत रक्तसंचार सेवा केन्द्र, बुटवललाई हस्तान्तरण गर्दै कार्यक्रमका संयोजक तथा रुपन्देही जिल्ला शाखाका उपाध्यक्ष भास्कर शाहिले सम्पुर्ण रक्तदाताहरु धन्यवाद दिए।२ २०८० सालमा स्थापना भई सुरुवाती समय देखि नै रगत र रगततत्वहरुको ब्यवस्थापन लागि "रक्तदानको लागि सबै अगाडि बडौ, मानवीय सेवामा हातेमालो अभियान" भन्ने मुल मन्त्रका साथ लागि बृहत, नियमित र आकस्मिक रक्तदान कार्यक्रमहरुको आयोजना र  विभिन्न रक्तदान सम्बन्धि उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रमहरु संचालन नेपाल नियमित रक्तदाता संघ रुपन्देही जिल्ला शाखाले आफ्नो १८ औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको कुरा जिल्ला शाखाकि सहसचिव तथा कार्यक्रम संचालिका मुना पोख्रेलले जानकारी दिइन। 

    images
    images
    images

    जिल्ला शाखाका अध्यक्ष सिलवालको अध्यक्षयता सम्पन्न रक्तदान कार्यक्रममा  बुटवल उपमहानगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडा अध्यक्ष शिव रानाको प्रमुख आतिथ्यता र विशिस्ट आतिथ्यता केन्द्रीय समितीका बरिस्ठ उपाध्यक्ष लेखनाथ भण्डारीको रहेको थियो।

    रूपन्देही रिकन्डिसन व्यवसायी संघका अध्यक्ष सन्तोष के.सि., केन्द्रीय समिती सचिव मन्जु गिरी, अर्घाखाँची जिल्ला शाखाका अध्यक्ष  कृष्ण मुखिया, रुपन्देही जिल्ला शाखाका सल्लाहकार रितेश ज्ञवाली लगाएतको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला शाखाका उपाध्यक्ष शाहीको शुभकामना मन्तव्य रहेको थियो ।

    रक्त संचारसेवा केन्द्र( ब्लड बैंक), बुटवलको प्राबिधिक सहयोग र भिनस इनिस्फेक्सन एण्ड क्यालिटी कन्ट्रोल प्रा.लि. बुटवलको सह-प्रायोजकमा सम्पन्न उक्त कार्यक्रमको समापन गर्ने क्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष सिलवालले रक्तसंचार सेवा केन्द्र बुटवलमा दैनिक १००-१२० युनिट रगत खपत हुने र डेङ्गु संक्रमित, जटिल र दिर्घ रोगहरुका बिरामीहरुको बड्दो संख्याका कारण रगतको चरम अभाव हुने हुँदा सो को परिपुर्तिका लागि संस्थाले पुर्ण सकृयता देखाउदै नियमित रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको कुरा बताए।

    कार्यक्रमका प्रमुख अतिथि रानाले रुपन्देही जिल्लामा संघले रगत ब्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानको खुलेर तारिफ गर्दै यस रक्त अभियान प्रभावकरीताको लागि बुटवल उपमहानगर पालिकाले पनि आगामी दिनहरुमा सहयोग, सहजीकरण र समन्वय गर्ने कुरा पनि व्यक्त गरेका थिए। अन्य अतिथिहरुमा बरिस्ठ उपाध्यक्ष भण्डारी, रूपन्देही रिकन्डिसन व्यवसायी संघका अध्यक्ष केसि लगाएतले पनि रक्तदानको महत्त्व  र रगततत्व ब्यवस्थापनको बारेमा आफ्नो मन्तव्य राखेका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij