लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -७ मा केन्द्रिय कार्यालय रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले युवा शेयर सदस्यहरुलाई उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ। सहकारीको २० औं स्थापना दिवसको अवसरमा उक्त तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष ऋषिराम सापकोटाले जानकारी दिनुभयो।
शेयर सदस्यहरुको संस्थाप्रतिको काम, कर्तव्य र अधिकारका विषय सहित सहकारी शिक्षा प्रदान गर्न तालिमको आयोजना गरिएको अध्यक्ष सापकोटाको भनाई थियो। झण्डै १९ हजार शेयर सदस्य रहेको संस्थाले हाल रुपन्देही सहित नवलपरासीबाट समेत गरि विभिन्न ९ वटा सेवा केन्द्रबाट सेवा दिदै आएको अध्यक्ष सापकोटाको भनाई थियो।
तालिममा सहकारीका युवा शेयर सदस्य र बाल क्लबका पदाधिकारीहरु समेत गरि ३५० भन्दा बढी सदस्यहरुको सहभागीता रहेको संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनुभयो। स्थापना दिवसको अवसरमा ४६ जना जेष्ठ शेयर सदस्यहरुको नि:शुल्क स्वास्थ्य परिक्षण समेत गरिएको पराजुलीको भनाई थियो।
मंसिर १२ गते स्थापना दिवसकै अवसरमा वृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ।रक्तदान कार्यक्रम देवदह-७ मा अवस्थित ओम दर्शन पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु हुने संस्थाले जनाएको छ।
कार्यक्रममा सहजीकरण गर्दै चर्चित प्रशिक्षक डा. डा.तारा प्रसाद गिरीले सदस्यले सहकारीमा आबद्ध भएपछि पालना गर्नु पर्ने नियम, वर्तमान समयमा सहकारीप्रति फैलिरहेको अफवाह र सहकारी इतिहासका साथै सहकारी के हो भन्ने बिषयमा समेत प्रष्ट पार्नुभएको थियो।
कोलिय बचत तथा ऋण सहकारी संस्था बचत तथा ऋणमा मात्रै केन्द्रीत नभई सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको र रक्तदान,सहकारी शिक्षा र विभिन्न सामाजिक कार्यहरू समेत संचालन गर्दै आएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता, उपाध्यक्ष रमादेवी न्यौपानेको स्वागत र सचीव कृष्णराज पौडेलको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij