मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भोली शुक्रबारदेखि बुटवलमा प्रथम मगर साहित्य महोत्सव

भोली शुक्रबारदेखि बुटवलमा प्रथम मगर साहित्य महोत्सव

images
  • 474
    SHARES

  • images
    images
    images
    भोली शुक्रबारदेखि बुटवलमा प्रथम मगर साहित्य महोत्सव
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने भोली (शुक्रबार)देखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदै छ । 

    दिनसम्म सञ्चालन हुने महोत्सवका लागि उपसभामुख इन्दिरा रानासहित विभिन्न व्यक्तित्वहरु विहिबारनै बुटवल आएका छन् । 

    images
    images
    images

    महोत्वसमा मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी पुस्तक प्रदर्शनी, मगर भाषामा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी तथा विक्री, साँस्कृतिक झाकीहरु, पुस्तक विमर्श, डकुमेन्त्री प्रदर्शन तथा छलफल तथा विभिन्न प्यानल डिस्कशन गरिने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । 

    यसैगरी गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने उनले जानकारी दिए । बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोत्सवमा उपसभामुख इन्दिरा रानाको उपस्थितीमा ‘उत्थान अभियानदेखि उपसभामुखसम्म’ विषयक प्यानल डिस्कशन हुने प्रचार समिति संयोजक यम रानाले जानकारी दिए । यसैगरी पूर्वसभामुख ओनसरी घर्ती मगरको उपस्थितीमा ‘मगर महिलाः राजनैतिक र सामाजिक नेतृत्वको सवाल र सम्भावना’ विषयक प्यानल डिस्कशन हुने उनले जानकारी दिए । चर्चित नायिक मिरुना मगरको उपस्थितीमा ‘मगर युवा ः कलाले देश चिन्दै र चिनाउँदै’ शिर्षकमा छलफल हुने छ । 

    अन्य प्यानल डिस्कशनतर्फ ‘भाषा पहिचान ः मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा छलफल हुने छ । यसैगरी ‘नेतृत्व र जवाफदेहिता ः मगर हिजो, आज र भोलिको प्रश्न’, ‘२१ औं शताब्दीः मगर समुदायको पुनःदयको युग’, ‘साहित्य धर्म तथा संस्कृति हराए के हुन्छ ? स्वबोध र दिशाबोध’ लगायतका विषयमा प्यानल डिस्कशन हुने प्रचार समितिका संयोजक रानाले जानकारी दिए ।

    यसैगरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । 

    महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने थापाले जानकारी दिइन् ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij