लुम्बिनी पाना, देवदह । देवदह ५ मा रहेको देवदह बुद्ध पब्लिक आवासिय माविले विद्यालयमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का नवागंतुक विद्यार्थीलाई स्वागत गरिएको छ। कक्षा १२ का विद्यार्थीले आज एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन्।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रबक्ता गणेश डुम्रेले कक्षा ११,१२ भनेको जीवनको अत्यन्तै महत्त्वपूर्ण समय रहेकोले विद्यार्थीहरुलाई सहि तरिकाले सदुपयोग गर्न आग्रह समेत गर्नुभयो। परिश्रमले नै मानिसलाई सफल बनाउने हुँदा अध्ययन तथा हरेक क्षेत्रमा परिश्रमको आवश्यकता रहेको समेत प्रबक्ता डुम्रेले औल्याउँनुभयो।
स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय किसन अधिकारी, इप्सा देवदहका अध्यक्ष राम बहादुर गुरुङ, विद्यायका संचालक समिति सदस्य चक्रपाणी तिवारी, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद गैरे, मावी संयोजक विराट भुसाल, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए।
कार्यक्रम कक्षा १२ का विद्यार्थी अनिश सुनारको अध्यक्षता, आदर्श बश्यालको स्वागत र शिक्षक अनन्तराम भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij