लुम्बिनी पाना, देवदह । लायन्स क्लब अफ देवदह युनाइटेडले देवदह-१ विर्तामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।आफन्त साकोसको १३ औं वार्षिक साधारणसभाको अवसरमा लायन्स क्लब अफ देवदह युनाइटेडले नि:शुल्क मधुमेह र रक्तचाप परिक्षण गरेको हो।

देवदह -२ मा अवस्थित नि:शुल्क मधुमेह र रक्तचाप शिविरमा १५६ जना सर्वसाधारण लाभान्वित भएको स्वास्थ्य शिविरका संयोजक मणिलाल तिवारीले जानकारी दिनुभयो।
सर्वसाधारणको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै साधारणसभाको अवसरमा शिविर संचालन गरिएको लायन्स क्लब अफ देवदह युनाइटेडका अध्यक्ष माधव आचार्यले जानकारी दिनुभयो।परिक्षण गरिएका मध्य १८ जनामा मधुमेह देखिएको अध्यक्ष आचार्यले बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij