विवेक पौडेल, लुम्बिनी पाना । खुशी जीवन नामक संस्थाले रुपन्देहीका विभिन्न स्थानमा सहयोग हस्तान्तरण गरेको छ। मंगलबार खुशी जीवन नेपालले विपन्न वर्गका असहायलाई सहयोग अभियान अन्तर्गत तिलोत्तमा नगरपालिका वडा ३ सिमानगर स्थित श्री हाम्रो सगरमाथा आधारभूत विद्यालय मा अध्यनरत अति विपन्न परिवार का विद्यार्थीलाई न्यानो स्विटर तथा टोपी वितरण गरेको हो ।
संस्थाले आजै बुटवल उपमहानगरपालिका वडा नं ११ देवीनगर को नेपाल अपाङ्ग आश्रम मा न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको हो । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं ७ आम्दा टोलमा आर्थिक रुपमा कमजोर तथा विपन्न परिवारका बालबालिकहरुका लागि न्यानो लुगा वितरण गरेको हो ।
कार्यक्रम मा संस्था का केन्द्रिय अध्यक्ष महेन्द्र विश्वकर्मा (Deep Vora) , कमला राई , संस्था का सचीव सुरेन्द्र चौधरी , सल्लाहकार ज्ञानु बिक,विवेक पौडेल ,बिना रावल तथा हसमुल्लाखान को उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा बोल्दै देश तथा विदेशमा रहने नेपालीहरु तथा आफ्नो व्यक्तिगत रुपमा खुशी जीवन नेपालले सहयोग कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्माले बताउनु भयो ।सामाजिक सहयोग तथा सचेतना एक कार्यक्रम मात्र नभएर समाज सुधारको अभियान भएको कुरा बताउनुभयो ।
अभियानमा सहयोग गर्ने दाताहरुमा अमेरिका बाट -श्री राम खनाल , कमला फुयाल(खनाल ) , सुदर्शन खनाल, श्रीअनिस रिजाल , लक्ष्मीप्रसाद खनाल , हरि न्योपाने , रन्जना घिमिरे र अप्सरा घिमिरे तथा होङ्कोङ बाट रत्ना थापा, जुनु गुरुङ र अनिता थापा को योगदान रहेको संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्माले जानकारी दिनु भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij