लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा पार्क महोत्सव हुने भएको छ। देवदह -५ स्थित बुद्द सामुदायिक वनको आयोजनामा गौतम बुद्द राष्ट्रिय उद्यानमा पार्क महोत्सव हुन लागेको हो।

पुष ६ गते हुने पार्क महोत्सवमा स्मारिका विमोचन समेत हुने र देशभरका चर्चित कलाकारहरुको प्रस्तुति रहने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।स्मारिका विमोचनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।
महोत्सवमा चर्चित सालैजो गायक राजु गुरुङ, लोक दोहोरी गायक श्याम राना, लोक दोहोरी गायिका भूमिका गिरी, जादुगर शेर बहादुर गुरुङ लगायतको प्रस्तुति रहने अध्यक्ष टेक बहादुर रानाले जानकारी दिनुभयो।३ महोत्सवको दिन टिकट निशुल्क रहने समेत आयोजकले जनाएको छ। लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको पार्कमा वार्षिक १ लाख पर्यटक आउने गरेको तथ्यांक छ। पार्कको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष रानाको बताउनुभयो।
२०७६ सालमा राष्ट्रिय काष्ठ कार्यशाला सम्पन्न गरि विभिन्न मूर्तिहरु निर्माण गरेर पार्कलाई बौद्धकालिन एतिहासिकता सङ्ग जोडिएको छ।हाल सेल्फी जोन, चिडिया घर, बाल बगैँचा, पिकनिक स्पट जस्ता संरचना निर्माण गरि पार्कलाई व्यवस्थित बनाइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij