लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -११ मा मुख्य कार्यालय रहेको आफन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड देवदहको १३ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चन्द्रकान्त पराजुलीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरेको छ।
जसको उपाध्यक्षमा गोमा पौडेल पाण्डे, सचिवमा अर्जुन कुमार गुरुङ, कोषाध्यक्षमा पार्वती न्यौपाने रहेका छन् ।त्यस्तै संस्थाको संचालक समिति सदस्यहहरुमा धुर्व लामिछाने, रामनिवास यादव, राजेश कुवर, वीर बहादुर राना, विरेन्द्र कुमार गुप्ता, सुनिता पुन, आई बहादुर गुरुङ रहेका छन् ।
त्यस्तै कृष्ण बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरिएको छ।जसको सदस्यहरुमा माधब ढकाल र घनश्याम पाण्डेय रहेका छन् ।
साधारणसभाको अवसरमा उत्कृष्ट शाखाको रुपमा खैरेनी शाखालाई सम्मान गरिएको थियो भने खैरेनी शाखका कर्मचारी अम्बिका पल्लीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो।
साधारणसभाको अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले सहकारी सर्वसाधारणको सारथि भएको बताउँदै बचत गर्ने बानीको विकास गर्न आग्रह गर्नुभएको थियो।
सहकारीका सदस्यहरुले ऋण एउटा कामको लागि लिने खर्च अर्को ठाउँमा गर्ने गर्दा सहकारीको ऋण तिर्न नसकेको अवस्थाका कारण सहकारीमा समस्या निम्तिएको बताउँदै उपप्रमुख गुरुङले सहकाबाट जुन उदेश्यको लागि लिईएको हो सोही कार्यमा खर्च गर्दा बचत सदुपयोग हुने भनाई व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवालि, रुपन्देही बचत तथा ऋण सहकारी संघ सदस्य कोपिला रायमाझी सहकारीका सल्लाहकार परिषद सदस्य गोविन्द यादव,संस्थापक अध्यक्ष शंकर पाण्डे, सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वर पङ्गेनी, सिदार्थ स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका पल्तन प्रसाद थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता, पार्वती न्यौपानेको स्वागत र सचिव यमकला पाण्डेको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij