बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई उद्यमी बनाउने अभियान सुरु

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई उद्यमी बनाउने अभियान सुरु

images
  • 257
    SHARES

  • images
    images
    images
    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई उद्यमी बनाउने अभियान सुरु
    images
    images
    images

    काठमाडौँ।  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राजनीतिक समावेशितासँगै आर्थिक सशक्तीकरणको अभियान सुरु गरेका छन्। मायाको पहिचान नेपाल र सफल पार्टनर्सको सहकार्यमा आइतबारदेखि समुदायका सदस्य व्यावसायिक ज्ञान लिने कार्यशालामा सहभागी भएका छन्।

    व्यवसायको आधारभूत ज्ञान र प्रस्तावित व्यवसाय/उद्यममा केन्द्रित कार्यशाला १० देखि १२ हप्तासम्म सञ्चालन हुनेछ। नयाँ व्यवसायका लागि अवसरको खोजी, बजारीकरण, बिक्री गर्ने कला, नगद प्रवाह व्यवस्थापन लगायतका विषयमा कार्यशाला केन्द्रित रहने मायाको पहिचान नेपालले जनाएको छ।

    images
    images
    images

    समुदायका सदस्यका लागि सुरु भएको आर्थिक रूपमा सशक्तीकरणको अभियान सुनौलो अवसर भएको संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए।

    कार्यशाला आफूसँग भएका व्यावसायिक सीपहरू विकास गर्न र आफ्नो उद्यमलाई अर्को स्तरमा पुर्‍याउनका लागि राम्रो अवसर हुने पन्तले बताए। 'सफल पार्टनर्ससँग पहिलो साझेदारी हो,'पन्तले भने,'व्यवसाय गरिरहेका र सुरु गर्न लागेका समुदायका सदस्यहरूलाई यो कार्यशाला फलदायी हुने विश्वास छ।'

    कार्यशालामा सहभागी समुदायका सदस्यहरूले चिया पसल, लञ्चबार, ठेला पसल, तन्दुरी, फार्म हाउस, होटेल, रेस्टुरेन्ट, होमस्टे, ग्रिन हाउस, हस्पिटालिटी, युनिसेक्स सैलुन, डकुमेन्ट्री निर्माण, अचार उद्योग, टेलरिङ, फेन्सी पसल सञ्चालन गर्ने चाहना व्यक्त गरे।  

    समुदायका सदस्यको व्यावसायिक ज्ञान कम्प्युटर र एआईले विस्थापित गर्न नसक्ने रहेको व्यावसायिक विज्ञ आशुतोष तिवारीले बताए। यी सबै आइडिया कम्प्युटर र एआईले अवरोध नगर्ने खालका रहेको उनले बताए। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij