लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर -६ मा अवस्थित सरहनकालिका सामुदायिक वन तथा उपभोक्ता समूहको ११ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले समर बहादुर जर्घाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।संस्थाको उपाध्यक्षमा बसन्त बहादुर जर्घा, सचिवमा मन कुमारी वाकावल, कोषाध्यक्ष केशरी थापा र सहसचिवमा गममाया सिंजाली रहेका छन् ।
त्यस्तै सदस्यहरुमा झरना थापा, कुमारी राना, विनयराम ठाडा, जुना बारघरे ओमकला गाहा, एलिशादेवी राना र होङसिङ गाहा रहेको निर्वाचन मण्डलका संयोजक ले जानकारी दिए । त्यस्तै लेखा समितिको संयोजकमा दुर्ग बहादुर राना र सदस्यहरुमा लिलामाया सिंजाली र नुर बहादुर राना रहेका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले सामुदायिक वनका कारण उपभोक्तालाई सहज भएको बताउदैँ अब रोजगार र उत्पादन सङ्ग जोड्न आग्रह गरे। सांसद विश्वकर्माले सामुदायिक वन उपभोक्तामैत्री हुनुपर्ने समेत धारणा व्यक्त गरेका थिए।५ कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको भन्दै नगरपालिकाको अभियानमा साथ दिन आग्रह गरे।
कार्यक्रममा बुटवल उप महानगरपालिकाका पूर्व नगर प्रमुख शिवराज सुवेदी, देवदह नगरपालिका वडा नम्बर -६ का वडा अध्यक्ष खेम बहादुर थापा, सब डिभिजन वन कार्यालय शितलनगरका प्रमुख रविन्द्रनाथ चौधरी, गाउँ वन समन्वय संजालका अध्यक्ष खेम नारायण अधिकारी, पाल्पाली सामुदायिक वनका अध्यक्ष सरोज थापा र उपभोक्ताको तर्फबाट लोकेन्द्र बहादुर जर्घाले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम सामुदायिक वनका अध्यक्ष होम बहादुर वाकावलको अध्यक्षता, उपाध्यक्ष वसन्त बहादुर जर्घाकोको स्वागत र कोषाध्यक्ष धन बहादुर रानाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij