बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

९ औं देवदह महोत्सवको व्यानर सार्वजनिक

९ औं देवदह महोत्सवको व्यानर सार्वजनिक

images
  • 524
    SHARES

  • images
    images
    images
    ९ औं देवदह महोत्सवको व्यानर सार्वजनिक
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८१ को व्यानर सार्वजनिक गरिएको छ । आयोजक संस्था देवदह व्यापार संघका अध्यक्ष एवम् महोत्सव मुल समारोह समितिका संयोजक कोषबहादुर गुरुङ्गले देवदहको खैरेनी बजारमा उक्त व्यानर सार्वजनिक गरेका हुन् । 

    व्यानर सार्वजनिक गर्दै गुरुङ्कले महोत्सवलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन सम्पूर्ण उपसमितिहरुलाई निर्देशन दिए । ‘महोत्सव देवदहको गौरव हो, यसको गरिमामा आँच नआउने गरि सबैले काम गर्रौ ।’ उनले भने, ‘सबैले अपनत्व ग्रहण गरेमा मेला सफल हुन्छ । ’

    images
    images
    images

    यसैगरि शनिबार नै महोत्सवको तयारीबारे संस्थाको सभाहल पानवरीमा मुल समारोह समितिको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवका हरेक क्रियाकलापलाई तिव्रताका साथ अघि बढाउने निर्णय गरेको सचिवालय संयोजक हरिलाल भण्डारीले जानकारी दिए । 

    ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित आगामी माघ १० देखि २२ गते सम्म देवदह मण्डप घोडाहामा महोत्सव सञ्चालन हुँदैछ ।

    महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको मुल आयोजक समितिका अध्यक्ष कोषबहादुर गुरुङले जानकारी दिए । करिब १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङ्कले बताए ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij