सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्रथम मगर साहित्य महोत्सवको समीक्षा, निरन्तरताका लागि छुट्टै कोष स्थापना

प्रथम मगर साहित्य महोत्सवको समीक्षा, निरन्तरताका लागि छुट्टै कोष स्थापना

images
  • 392
    SHARES

  • images
    images
    images
    प्रथम मगर साहित्य महोत्सवको समीक्षा, निरन्तरताका लागि छुट्टै कोष स्थापना
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा गत मंसिर २१ र २२ गते बुटवलमा सम्पन्न प्रथम मगर साहित्य महोत्सवको शनिबार समीक्षा सम्पन्न भएको छ । महोत्सवमा भएका विभिन्न गतिविधिको समीक्षासहित कार्यक्रम सम्पन्न गर्नका लागि संकलित आम्दानी खर्च सार्वजनिक गरिएको छ । 

    महोत्सव सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट क्रियाशिल व्यक्तित्वहरुलाई आभार व्यक्त गर्दै मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले आगामी वर्षमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरिन् । महोत्सवले मगर समुदायका इतिहास बारे नयाँ पुस्तालाई जानकारी गराउनुका साथै वर्तमान अवस्था र भविष्यको यात्राका बारेमा समीक्षा गर्ने अवसर प्राप्त भएको उनले उल्लेख गरिन् । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लामा आयोजना गरिएको महोत्सवले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यानलाई केन्द्रित गर्त सफल भएको निष्कर्शसहित उनले आगामी दिनमा थप क्रियाशिल र रचनात्मक क्रियाकलापलाई निरन्तरता दिइने उल्लेख गरिन् ।

    images
    images
    images

    समीक्षा बैठकमा बोल्दै नेपाल मगर सघका सह–अध्यक्ष दलबहादुर विरकट्टा मगरले महोत्सव एतिहासिक र सफल भएको उल्लेख गरे । सामाजिक र राजनीतिक रुपमा मगर समुदायको मुद्दालाई उठान गर्ने मात्र नभई आर्थिक रुपमा समेत पारदर्शी भएर महोत्सव सफल देखिएको बताउँदै उनले अभियानको रुपमा यसलाई अघि बढाउनु पर्नेमा जोड दिए । महोत्सव आयोजक समितिका प्रवक्ता तथा युवा नेता शंकर गाहाले लामो समयको अभ्यास, अनुभव र व्यक्तित्वहरुको सहयोगले कार्यक्रम सफल भएको उल्लेख गरे ।

    मगर समुदायको संस्कार, संस्कृति र पहिचानलाई जोगाउँदै पुस्तान्तरणका लागि नयाँ दस्तावेज थप्ने काम महोत्सवले गरेको उनले बताए । यसैगरी प्रचार प्रसार समितिका संयोजक यम रानाले महोत्सव सफल बनाउने क्रममा देखिएका केही कमीकमजोरीहरुलाई सुधार गर्दै आगामी दिनमा थप परिस्कृत भएर जानु पर्नेमा जोड दिए । कुनै पनि अभियान वा कार्यक्रम सफल बनाउनका लागि सञ्चालन गरिने आर्थिक अभियान पारदर्शी हुनुपर्ने बताउँदै उनले आयोजक उक्त कुरामा सफल भएको दाबी गरे । 

    महोत्सव व्यवस्थापन समिति संयोजक राधिका श्रीस पुनले कार्यक्रम सफल भएसँगै यसको निरन्तरता र थप रचनात्मक कार्यका लागि उत्साह थपिएको उल्लेख गरिन् । देशका विभिन्न सहरसँगै विदेशका भिविन्न मुलुकहरुबाट समेत आर्थिक सहयोगका लागि सहजीकरण गर्ने संघ–संगठन तथा व्यक्तिहरुलाई आभार व्यक्त गर्दै उनले आगामी दिनमा समेत सहकार्यमा जोडिने प्रतिवद्धता व्यक्त गरिन् । महोत्सव आर्थिक समितिमा संयोजक देवेन्द्र रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै मितव्ययी भएर कार्यक्रम सम्पन्न गर्न सफल भएको उल्लेख गरे । 

    महोत्सव सफल बनाउन संस्थाले २० लाख बढी खर्च अनुमान गरे पनि कूल १७ लाख ३५ हजार ७१० रुपैयाँ खर्च भएको प्रतिवेदन उनले उल्लेख गरे । सम्पूर्ण आर्थिक गतिविधिको अन्तिम लेखा परीक्षण गर्दा केही रकम घटबढ हुन सक्ने बताउँदै उनले पूर्व निर्धारित खर्च अनुमानभन्दा कम रकममै कार्यक्रम गर्न सफल हुनु सकारात्मक पक्ष भएको बताए । संस्थाले कार्यक्रम सफल बनाउनका लागि क्यूआर कोटबाट १ रुपैयाँ दान अभियानदेखि विभिन्न सरकारी निकाय, स्थानीय सकार, सामाजिक संघ–संस्था, विदेशका विभिन्न मुलुकमा रहेका व्यक्तिहरुबाट कूल २२ लाख ९४ हजार ६२२ रुपैयाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख गरे । यस बाहेक प्रतिवद्धता प्राप्त भएको ४ लाख बढी रकम उठ्न बाँकी रहेको संयोजक रानाले जानकारी गराए । 

    महोत्सवमा भएका सम्पूर्ण गतिविधिलाई समेटेर मगर महिला संघले पुस्तक प्रकाशनको तयारी समेत गरेको छ । यसैगरी महोत्सवबाट बचत भएको रकमलाई छुट्टै कोष स्थापना गरी आगामी वर्षमा समेत निरन्तरा दिइने बताइएको छ । महोत्सवमा मातृ भाषामा कविता बाचन प्रतियोगिता, सामाजिक, आर्थिक, साँस्कृतिक तथा ऐतिहासिक विषयमा ७ वटा प्यानल डिस्कशन, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, साँस्कृतिक झाँकी तथा कला प्रदर्शन लगायतका गतिविधि सञ्चालन गरिएका थिए ।

    यसैगरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरी वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको थियो । महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij