बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

उज्यालो भविष्यका लागि रोट्रयाक्ट तिलोत्तमा देवदह र कान्तिपुरको संयुक्त पहल

उज्यालो भविष्यका लागि रोट्रयाक्ट तिलोत्तमा देवदह र कान्तिपुरको संयुक्त पहल

images
  • 434
    SHARES

  • images
    images
    images
    उज्यालो भविष्यका लागि रोट्रयाक्ट तिलोत्तमा देवदह र कान्तिपुरको संयुक्त पहल
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह र ट्वीन क्लब रोट्रयाक्ट क्लब अफ कान्तिपुरको संयुक्त आयोजनामा "उज्यालो भविष्य" कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

    कार्यक्रम देवदह-११, रेहरास्थित श्री जनता आधारभूत विद्यालयमा सम्पन्न भएको थियो। कार्यक्रम रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष र रोट्रयाक्ट क्लब अफ कान्तिपुरका अध्यक्षको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो।

    images
    images
    images

    २५ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री (कापी) र विद्यार्थीहरूको लागि खेलकुद सामग्री वितरण गरिएको यस कार्यलाई क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रविन पौडेलले जानकारी दिए।

    कार्यक्रममा बोल्दै क्लबका पूर्व अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक गणेश सापकोटाले" रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह र रोट्रयाक्ट क्लब अफ कान्तिपुरको यस सामाजिक उत्तरदायित्वपूर्ण कार्यले समाजलाई प्रेरणा दिनुका साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन " आग्रह गर्नुभएको छ।

    क्लबले विगतका वर्षहरूको देउसी-भैलो कार्यक्रमबाट संकलित रकम र ट्वीन क्लबको सहयोगमार्फत यो अर्थपूर्ण र प्रेरणादायी कार्य सम्पन्न गरेको हो। यसले विद्यार्थीसँगै समाजलाई सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्य बोकेको छ। 

    कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक गणेश सापकोटा, क्लबका आइपीपी विक्रम भुसाल, प्रेसिडेन्ट इलेक्ट विजय अमागाईं, क्लबका सम्पूर्ण बोर्ड सदस्यहरू, ट्वीन क्लबका सदस्यहरू, विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रम क्लबकी सचीव प्रीति यादवले सन्क्गाल गर्नुभएको थियो।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij