बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह महोत्सव : स्थायि संरचना बनाउन सरोकारवालाहरुको जोड

देवदह महोत्सव : स्थायि संरचना बनाउन सरोकारवालाहरुको जोड

images
  • 270
    SHARES

  • images
    images
    images
    देवदह महोत्सव :  स्थायि संरचना बनाउन सरोकारवालाहरुको जोड
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदहको प्रदर्शनी स्थललाई मण्डपको रुपमा विकास गर्नका लागि स्थायि संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विभिन्न व्यापारिक संघ संगठनहरुले वार्षिक रुपमा मेला महोत्सव सञ्चालन गर्ने र नगरपालिकाले समेत वि.सं २०७१ सालमा महोत्सव स्थललाई देवदह मण्डप घोषणा गरेपनि अव स्थायी संरचना निर्माणमा ढिला गर्न नहुने उनीहरुको जोड छ ।

     

    images
    images
    images

    IMG-20250111-WA0039.jpg

     

    देवदह व्यापार संघले मेला सञ्चालनको विषयमा महोत्सवका सल्लाहकारहरुसँग गरेको छलफलका सहभागीहरुले कम्तीमा बाउण्ड्री र गेटको व्यवस्था हुन सके मण्डपको आकार आउने उल्लेख गरे ।

    अन्तरक्रियामा आफ्नो सुझाव प्रस्तुत गर्दै प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले स्थानीय निकायले पहलकदमी लिए आफु सहयोगका लागि हरेक निकायमा पुग्न तयार रहेको बताए । ‘मण्डपलाई वडा र नगरले गौरवको कार्यक्रम बनाएर अघि बढ्नुस, म सहयोगको लागि हरदम तयार छु् ।’ उनले भने, ‘जग्गाको प्राप्ती एउटा विषय होला, तर अस्थाइ प्रकृतिको पुर्वाधार बनाएर सुरुवात गर्न मेरो सुझाव छ ।’

    उनले सरसफाइ, खानेपानी र स्वास्थ्यको विषयमा विशेष ख्याल गर्न आयोजकसँग आग्रह गरे । ‘महोत्सव सबैको हो भन्ने महशुस गराउनुहोस’, सबैलाइ समेटेर सबै अट्ने ठाउँ बनाउनुभयो भने मेला आँफै सफल हुन्छ उनले भने ।

    कार्यक्रममा नगरप्रमुख ध्रुवप्रसाद खरेलले महोत्सव सञ्चालन हुँदैछ भन्ने खवरले बिगतमा स्थानीय खुसी भएपनि पछिल्लो क्रममा उनीहरुमा निराशा छाएको बताए । ‘महोत्सव यहाँ हुँदैछ, अव त विकाश आयो भनेर उनीहरु हर्षित भए तर तपाईँ हामिबाट पनि केही कमजोरी भयो कि ? त्यसैले उनीहरुमा अहिले खासै उमङ्क नभएको मैले महशुस गरेको छु ।’

    नगरप्रमुख खरेलले मेलाका गतिविधिलाइ पारदर्शी गर्नुपर्ने र देवदहको समग्र विकाशमा यसले टेवा पुर्याउने गरि काम गर्न आयोजकलाई सुझाव दिए । उनले भने, ‘व्यवसायी भएकाले यो तपाइहरुको लागि व्यवसाय गर्ने ठाउँ हुन सक्छ तर आफ्नो व्यावसायिक नैतिकता र इमान्दारीता कायम राख्नेगरि काम गर्नुहोला ।’ उनले स्थानीय र व्यवसायी मिलेर आएको खण्डमा मण्डपको संरचना निर्माणको लागि आगामी बर्ष ५० लाख लगानी गर्न नगरलाई समस्या नभएको उल्लेख गरे ।

    कार्यक्रममा महोत्सव मुल समारोह समितिका संयोजक कोषबहादुर गुरुङ्गले मेला ठेक्कामा गयो भनेर बजारमा हल्ला फिँजाईएको भन्दै दुःख प्रकट गरे । ‘हामीले बाल उद्यान पनि नेपालीकै लगानी भएको समुहलाई जिम्मा लगाएका छौं, टेण्टको जिम्मा पनि नेपालीकै हो, साउण्ड सिस्टम र सेक्युरिटिको जिम्मा स्थानीयलाई नै दिएका छौं ।’ उनले भने, ‘कलाकार बोलाउने जिम्मेवारी साँस्कृतिक उपसमितिले गरिरहेको छ भने ठेक्का कहाँबाट कसरि भयो ?’

    नगरपालिकाले १० बर्ष अघि देवदह मण्डप घोषणा गरेपनि संरक्षणको काम हुन नसक्दा स्थानीयको गुनासो रहेको प्रति आफ्नो पनि समर्थन रहेको गुरुङ्गले बताए ।

    देवदह व्यापार संघले व्यावसायिक प्रबर्द्धन सँगै तेस्रो महोत्सवमा मेला स्थलको पुर्वाधार निर्माणमा लगानी गरेको र छैठौ महोत्सवपछि पनि गौतम बुद्द राष्ट्रिय उद्धानमा सहयोग गरिएको उल्लेख गरे । उनले भने, ‘यो पटक पनि टिकट बिक्रिबाट प्राप्त रकमको पाँच प्रतिशत यहिँको विकासको लागि खर्च गर्ने भनेर घोषणा गरेका छौं ।’ जसको लागि संघले देवदह मण्डप विकाश कोष स्थापना गर्ने प्रस्ताव समेत गरेको उनले बताए । 

    संघका महासचिव हरिलाल भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा व्यापार संघका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेल, नेपाली कांग्रेसका नगर सभापति गुणाखर भुर्तेल, नेकपा एमालेका नगर अध्यक्ष केशव प्रसाद भट्टराई, देवदह आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष बासुदेव रिमाल लगाएतले बोल्दै मेलालाई देवदहवासीले गौरवको रुपमा लिनुपर्ने बताए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij