मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह युनाइटेडद्वारा मेल्बिन जोन्सको जन्मोत्सवको अवसरमा भोजन सेवा कार्यक्रम

लायन्स क्लब अफ देवदह युनाइटेडद्वारा मेल्बिन जोन्सको जन्मोत्सवको अवसरमा भोजन सेवा कार्यक्रम

images
  • 427
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह युनाइटेडद्वारा मेल्बिन जोन्सको जन्मोत्सवको अवसरमा भोजन सेवा कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । समाजसेवा र मानवीय सेवामा सधैं अग्रसर लायन्स क्लब अफ देवदह युनाइटेडले साप्ताहिक कार्यक्रम अन्तर्गत मेल्बिन जोन्सको जन्मोत्सवको अवसरमा बुटवलस्थित मानव सेवा आश्रममा सहयोगापेक्षी महानुभावहरूलाई भोजन सेवा प्रदान गरेको छ। क्लबको वार्षिक हङर रिलिफ कार्यक्रमअन्तर्गत आयोजित यस प्रेरणादायी कार्यक्रममा ५० जना सहयोगापेक्षीलाई एक छाक भोजन गराइएको क्लबका ऊर्जाशील अध्यक्ष लायन माधब आचार्यले जानकारी दिनुभयो।

    कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक को-चिफ एड्भाईजर लायन बिष्णु प्रसाद पौडेलले लायन्स क्लबले सामाजिक र मानवीय सेवामा खेलेको अतुलनीय भूमिकाको प्रशंसा गर्दै यस्तो कार्यले समाजमा परोपकारी भावना जागृत गराउने बताउनुभयो। उहाँले लायन्स क्लबले समाजसेवाको क्षेत्रमा उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएको उल्लेख गर्नुभयो।

    images
    images
    images

    कार्यक्रममा जोन चियर पर्सन बिमल भुसाल, छिमेकी क्लबका अध्यक्ष बिन्दु थापा, सन्दिप पौडेल र क्लबका लायन दितिय उपाध्यक्ष टिकाराम चापागाईं, तृतिय उपाध्यक्ष मनिलाल तिवारी, रोजी गुरुङ र दिपक न्यौपानेको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको कुशल सञ्चालन क्लबका सचिब अर्जुन कुमार गुरुङले गर्नुभएको थियो भने संयोजन बिक्रम पौडेलले गरेका थिए।

    लायन्स क्लब अफ देवदह युनाइटेडले सहयोगी मनहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै आफ्नो सकारात्मक सोच, परोपकारी दृष्टिकोण, र सामाजिक सेवाको प्रतिबद्धतालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ। क्लबले आफ्नो सेवा भावमार्फत समाजलाई परिवर्तन र प्रेरणा दिने लक्ष्यका साथ अघि बढिरहेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij