सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तेस्रो संगम कप भलिबलको उपाधी कालीगण्डकी स्याङ्जालाई

तेस्रो संगम कप भलिबलको उपाधी कालीगण्डकी स्याङ्जालाई

images
  • 988
    SHARES

  • images
    images
    images
    तेस्रो संगम कप भलिबलको उपाधी कालीगण्डकी स्याङ्जालाई
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदहमा जारी तेस्रो संगम कप भलिबल प्रतियोगिताको उपाधी कालीगण्डकी-२ स्याङ्जाले हात पारेको छ।सोमबार देवदह-३ सेमरहानामा भएको फाइनलमा तिलोत्तमा ४ रुपन्देहीलाई २५,१५ र २५,१९ को सोझो सेटमा पराजित गर्दै कालीगण्डकी स्याङ्जाले उपाधी हात पारेको हो।

    उपाधी जितेसङ्गै कालीगण्डकी स्याङ्जाले नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त  गरेकोछ।त्यस्तै उपबिजेतामा सिमित भएको तिलोत्तमा ४ ले ४४ हजर ४४४ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र हात पारेको खेल संयोज मिलन थापाले जानकारी दिनुभयो।

    images
    images
    images

    प्रतियोगितामा तिलोत्तमा ८ ले तेस्रो स्थान हासिल गरेको छ।तेस्रो भएको तिलोत्तमाले नगद २२ हजार २ सय २२ प्राप्त गरेको खेल संयोजक थापाले जानकारी दिनुभयो।

    प्रतियोगितामा विजेता टिमलाई देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, जनप्रतिनिधिहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो।

    समापन समारोह संस्थाका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता, चाहाना आमा समूहका अध्यक्ष युवा कुमारी कामुको स्वागत र सचिब प्रीतम कुमार थापा मगरको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij