मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवदह बुद्द पब्लिकलाई

देवदह नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवदह बुद्द पब्लिकलाई

images
  • 514
    SHARES

  • images
    images
    images
    देवदह नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवदह बुद्द पब्लिकलाई
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदहमा जारी दोस्रो रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह बुद्द पब्लिक आवासीय माविले उचालेको छ । माघ ३ देखि ५ गते ३ दिन सम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्द पब्लिक आवासीय माविले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो ।

    देवदह बुद्द पब्लिक आवासीय माविले १० स्वर्ण १३ रजत र ४ काश्य हात पारेको छ । त्यस्तै दोस्रो भएको सगरमाथा आवासीय माविले ८ स्वर्ण, ७ रजत र ८ कास्य जित्दै द्वितीय स्थान हासिल गरेको छ ।

    images
    images
    images

    त्यस्तै प्रतियोगिताको तेस्रो स्थान हासिल गरेको केरवानी माविले ६ स्वर्ण ३ रजत र ९ कास्य जित्दै केरवानी माविले तेस्रो स्थान हासिल गर्यो । त्यस्तै ४ स्वर्ण १ रजत र ३ काश्य जित्दै भबिस्य निर्माण माविले चौथो स्थान हासिल गर्यो।

    रनिङ शिल्ड उचालेको देवदह बुद्द पब्लिक आवासीय माविले १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथाले १० हजार रुपैयाँ र तृतीय स्थान हासिल गरेको केरवानी माविले ५ हजार नगद प्राप्त गरेको छ।

    रनिङ शिल्ड उचालेको देवदह बुद्द पब्लिक आवासीय माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ ।

    कार्यक्रममा केरवानी माविका प्रधानाध्यापक निर्मल ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा लगायतले शुभकामना राख्नुभएको थियो।

    पुरस्कार वितरण देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रबक्ता गणेश डुम्रे, विभिन्न संघ संस्थाका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij